काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत् पुरुष फुटबलको स्वर्णपदक नेपालले जितेको छ ।
मंगलबार अपराह्न दशरथ रंगशालमा सम्पन्न फाइनलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै स्वर्णपदक जितेको हो ।
नेपाललाई लगातार दोस्रोपटक स्वर्णपदक दिलाउनेक्रममा खेलको १७औं मिनेटमा अभिषेक रिजालले तथा ५४औं मिनेटमा सुनील बलले एकरएक गोल गरे ।
निकै प्रतिस्पर्धात्मक खेलको ३७औं मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले बराबरी गोल गरेका थिए । लिग चरणमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो ।
नेपालले स्वर्णपदक जित्दा पहिलोपटक फाइनल खेलेको भुटानले ऐतिहासिक रजत जितेको छ ।
फुटबलमा नेपालले सागमा चौथो स्वर्णपदक जितेको हो । यसअघि, नेपालले सन् १९८४, १९९३ र २०१६ मा स्वर्णपदक जितेको थियो ।
महिला फुटबलमा भने नेपालले रजतपदक जितेको छ । लगातार तेस्रोपटक रजत जितेको नेपाललाई फाइनलमा भारतले हराउँदै आएको छ ।
योसँगै नेपालले १३औं सागमा ५१ ओटा स्वर्णपदक जितेको छ । यो अहिलेसम्मकै सागको इतिहासमा नेपालको उत्कृष्ट प्रदर्शन हो ।