एक लेखक जसले साम्राज्य ध्वस्त पारे

  • मिखाइल स्क्याम्मेल

सोभियत संघको विभाजन (सन् १९९१) पछि विद्धान्‌हरुले विभाजनको आर्थिक, राजनीतिक र सैन्यबलको कमजोरीका विभिन्न तर्क प्रस्तुत गरे। केहीले चौथो तर्क पनि दिए- राज्यले सम्पूर्ण रुपमा विश्वसनीयता गुमाइसकेको थियो। यो तर्कको पुष्टि गर्नु सजिलो थिएन।

यो प्रक्रियाको प्रारम्भ कसरी भयो भन्ने बुझ्न सन् १९५६ देखिका घटनाक्रमलाई बुझ्नुपर्दछ, जतिबेला कम्युनिष्ट पार्टीका महासचिव निकिता ख्रुश्चेभले आफ्ना पार्टीका नेताहरुलाई गुप्त रुपले एक भाषण पठाएका थिए। भाषणमा उनले जोसेफ स्टालिनको व्यवस्थित र संगठित रुपले विपक्षीहरुलाई सिध्याउने क्रुर योजना र गतिविधिको विरोध गरेका थिए। उनले आधिकारिक रुपमा स्टालिनको गुलाग बन्दी व्यवस्थाको खुलासा गरे। त्यसलगतै बोरिस पास्तरनाकले आफ्नो उपन्यास ‘डाक्टर जिभागो’ प्रकाशन गर्ने अधिकार पश्चिमी मुलुकका प्रकाशकलाई दिए।

यो उपन्यासको प्रकाशनले दोस्रो विश्वयुद्धपछि युरोपलाई दुई भागमा विभाजित गर्ने सिमानामा लागेको ‘फलामे बार’मा थप प्वाल पार्योा। सन् १९६२ मा हालको रुसमा प्रकाशित हुने साहित्यिक पत्रिका ‘नोभि मिर’ले गुलागको बारेमा लेखिएको उपन्यासिका (नोभेला) प्रकाशित गरेर सनसनी फैलायो। यसका रचनाकार थिए– पहिले कहिल्यै नाम नसुनिएका, अलेक्जेन्डर इसायेविच सोल्झेनित्सिन।

सोभियत जीवनबारे आलोचना गरेकाले सोल्झेनित्सिनलाई राज्यद्वारा प्रायोजित लेखक संघबाट बेदखल गरियो। उनी आफ्नै देशमा अप्रत्यक्ष रुपले निर्वासित भए। तर, उनी बिलकुलै एक्लो थिएनन्।

‘अ डे इन द लाइफ अफ इभान डेनिसोविच’ (इभान डेनिसोविचको जीवनको एक दिन) नामक त्यो उपन्यासिकाले पहिले देशभित्र र पछि संसारभर नै तूफान ल्यायो। यो उपन्यासिकामा एक सामान्य व्यक्तिले गुलाग श्रम शिविरमा आफनो आवाज दबाएर सहनुपरेको अन्त्यहीन, अराजक र हिंस्रक जीवनको एक दिनको वृत्तान्त यस नोभेलाले छर्लंग पारेको थियो। यस्तो उत्तेजक आख्यानको प्रकाशनलाई सोभियत संघका पाठकहरुले सरकारले लगाएको प्रतिबन्धको समाप्तिको रुपमा पनि हेरे।

सोल्झेनित्सिन यो परिस्थितिका लागि नौला थिएनन्। उनको जन्म सय वर्षपहिले सन् १९१८ डिसेम्बर ११ मा भएको थियो। त्यो समय बोल्सेभिक क्रान्तिभन्दा केवल १४ महिना पछिको समय थियो।

बोल्सेभिक क्रान्ति चार सय वर्षभन्दा बढी समय रुसमा शासन गर्ने निरंकुश जार शासनको विरुद्धमा भएको थियो। यस अर्थमा सोल्झेनित्सिनको उमेर सोभियत रुसको जति नै थियो। उनले सोभियत रुससँगै परिवर्तन र विकासका क्रम भोगेका थिए। विद्यार्थी अवस्थामा उनी क्रान्तिकारी कम्युनिष्ट प्रयोगवादमा होमिएका थिए। मार्क्सवाद–लेनिनवादमा उनको आस्था पनि थियो। दोस्रो विश्वयुद्धमा उनले आर्टिलरी साउन्ड रेन्जिंग बटालियनको कमान्डर पदमा काम गरे। साहस र बहादुरीका लागि उनले दुईवटा तक्मासमेत पाएका थिए।
तर, सोल्झेनित्सिनले आशा गरेको भविष्यको क्रुर अन्त्य त्यसबेला भयो जब उनलाई सन् १९४५ फेब्रुअरीमा सोभियत रुसविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाएर पक्राउ गरियो। तत्कालै आठ वर्षको कडा परिश्रमसहित श्रम शिविरमा राख्ने सजाय सुनाइयो र गुलाग श्रम शिविर पठाइयो। कुन अपराधका लागि उनले यस्तो कडा सजाय पाएका थिए त? उनको अपराध यत्ति नै थियो कि उनले आफ्नो विद्यार्थी जीवनका मित्रलाई लेखेका पत्रहरुमा स्टालिन र सोभियत–सेनाको आलोचना गरेका थिए।

‘डाक्टर जिभागो’ लाई जस्तै यी उपन्यासलाई पनि लुकाएर तत्कालै पश्चिमी मुलुकमा लगियो। ‘डाक्टर जिभागो’ र ‘अ डे इन द लाइफ अफ इभान डेनिसोविच’ जस्तै यी उपन्यासहरु पनि रातारात बहुचर्चित भए।

यो दुर्भाग्यपूर्ण परिस्थितिले सोल्झेनित्सिनलाई निराशाको खाल्डोमा धकेल्यो। तर, यही परिस्थितिले उनलाई लामो समयदेखि सोभियत–कम्युनिज्मले रहस्यमा राखेका मानिसलाई आतंकित र भयभीत तुल्याउने गतिविधिसँग साक्षात्कार गरायो।

उनी प्रायः कविता र कथा लेख्थे। एउटा उपन्यास आधाजति लेखिसकेका थिए। उनका रचनाहरुका मूल विषय देशप्रेम हुने गर्थ्यो। तर, अब सोल्झेनित्सिनले आफ्नो लेखनयात्रालाई सम्पूर्ण रुपले यस भयानक व्यवस्थाको रहस्योद्घाटन गर्नका लागि समर्पित गर्ने निश्चय गरे। यो दानवीय व्यवस्थाले उनीजस्ता दशौं लाख व्यक्तिहरुलाई बन्दी बनाएको र तिनको हत्या गरेको कुरा उनले पछि पत्ता लगाए।

सामान्य किसानहरुको दुःख–पीडामा आधारित उनले लेखेका दुईवटा कथा प्रकाशित भएपछि सोल्झेनित्सिनलाई सरकारले कालोसूचीमा राख्यो। यसैबीच, उनले लेख्दै गरेको दुईवटा आत्मवृत्तान्तमा आधारित उपन्यासको लेखन सिध्याए। ती थिए, ‘दि फर्स्ट सर्कल’ र ‘क्यान्सर वार्ड’। ‘दि फर्स्ट सर्कल’ सुविधाप्राप्त बन्दीहरुको बारेमा थियो, जसमा उनी आफू पनि पर्दथे। यी बन्दीहरुलाई गुलाग प्रशासनद्वारा सञ्चालित गुप्त ल्याबमा काम गर्न खटाइएको थियो। ‘क्यान्सर वार्ड’मा सोल्झेनित्सिनले आफू श्रम–शिविरबाट मुक्त भएपछि उज्बेकिस्तानको तासकन्द शहरमा विद्यालय शिक्षकका रुपमा काम गरेको उल्लेख गरेका छन्। त्यसबेला उनलाई प्रशासनले उज्बेकिस्तानमा निर्वासनमा पठाएको थियो।

क्यान्सर वार्ड उपन्यासमा उनले शिक्षकका रुपमा काम गरिरहँदा आफ्नो पेटमा भएको क्यान्सर रोगको सफल उपचारको वर्णन गरेका छन्। सोभियत समाजको नीतिगत अनुसन्धान र राज्यले गरेको आपराधिक कार्यमा बहस गर्नका लागि दुवै उपन्यास उल्लेखनीय थिए। ती उपन्यास प्रकाशनलाई सोभियत रुसमा प्रतिबन्ध लगाइयो। ‘डाक्टर जिभागो’ लाई जस्तै यी उपन्यासलाई पनि लुकाएर तत्कालै पश्चिमी मुलुकमा लगियो। ‘डाक्टर जिभागो’ र ‘अ डे इन द लाइफ अफ इभान डेनिसोविच’ जस्तै यी उपन्यासहरु पनि रातारात बहुचर्चित भए।
सोभियत जीवनबारे आलोचना गरेकाले सोल्झेनित्सिनलाई राज्यद्वारा प्रायोजित लेखक संघबाट बेदखल गरियो। उनी आफ्नै देशमा अप्रत्यक्ष रुपले निर्वासित भए। तर, उनी बिलकुलै एक्लो थिएनन्।

भार्लम शालामोभ, आन्द्रे सिनास्की, युली डेनियल र जोसेफ ब्रोडस्की जस्ता प्रतिभशाली र स्वतन्त्र लेखकहरुले भूमिगत प्रकाशन समिज्दतको माध्यमले सोभियत सेन्सरसिपका विरुद्ध गतिविधिहरु सञ्चालन गरिरहेका थिए। समिज्दतमा कविता, कथा, उपन्यास, मानवअधिकार स्थापनाको आह्वान र राजनीतिक घोषणापत्रहरु प्रकाशित गरिन्थ्यो। यी सामग्री भूमिगत रुपमा छाप्ने र प्रसारित गर्ने काम हुन्थ्यो। धेरैजसो सामग्री विदेश पनि पठाइन्थ्यो।

कुनै पनि प्रतिकूल परिस्थितिले सोभियत व्यवस्थालाई हटाउने सोल्झेनित्सिनको दृढ चाहनालाई डगमगाउन सकेन। सन् १९९१ मा मिखाइल गोर्वाचेभको सरकार धराशायी भएपछि उनी सफलताको उत्तेजनामा रमाए।

सन् १९६० को दशकको अन्त्यतिर सोभियत रुसका प्रमुख लेखक र कार्यकर्ता विद्रोही र आन्दोलनकारी समूहका रुपमा स्थापित भइसकेका थिए। सोभियत संघमा वाक–स्वतन्त्रता र शान्तिपूर्ण राजनीतिक परिवर्तन उनीहरुको मूल उद्देश्य थियो। यसका लागि उनीहरुले विश्वव्यापी रुपमा समर्थक जुटाइसकेका थिए। लेखकहरु बाहेक उनीहरुको संगठनमा वैज्ञानिक, इन्जिनियर, प्रवुद्ध वर्ग, वकिल र क्रान्तिकारी कार्यकर्ताहरु समेत थिए। संगठनका अनौपचारिक नेता नोबेल पुरस्कार विजेता भौतिकशास्त्री आन्द्रेई सखारोभ थिए।

सोल्झेनित्सिनले सखारोभ तथा सोभियत रुसका अरु विद्रोही समूहप्रति सहानुभूति प्रकट गरे पनि सधैं उनीहरुको समर्थन गरेनन्। उनी आफ्नो लेखनको बाटोमा निरन्तर अग्रसर रहे। सन् १९७३ मा तत्कालीन सोभियत संघमा रहँदा उनले आफ्नो सर्वोत्कृष्ट साहित्यिक कृति ‘द गुलाग आर्किपेलागो’ प्रकाशनका लागि देशबाहिर पठाए। यस गैरआख्यान अभिलेखले जनताका विरुध्द राज्यले गरेका अपराधहरुको प्रचुर खुलासा गर्योस। लाखौं अबोध पीडितहरुको निर्मम हत्याको विवरण थियो पुस्तकमा। यी तथ्यले अपराधको घनत्वलाई होलोकष्टको हाराहारीमा पुर्याणयो। सोल्झेनित्सिनका गतिविधिले सोभियत संघलाई उग्र रुपमा चुनौती दिँदै राज्यको वैधानिकतामाथि नै प्रश्न उठायो र क्रान्तिको आह्वान गर्न थाल्यो।

प्रतिक्रियामा, सोभियत संघले सोल्झेनित्सिनको नागरिकता खोस्यो, उनलाई देशबाट निष्काशित गरियो। उनी पश्चिमी मुलुकतिर निर्वासित भए। उनी संयुक्त राज्य अमेरिका पुगे। त्यसपछिका १९ वर्ष अधिकांश समय अमेरिकाको भरमोन्टमा बिताए। सन् १९७० मा प्रदान गरिएको नोबेल पुरस्कार त्यतिबेला मात्र उनले ग्रहण गर्न पाए। उनले थप चारवटा ऐतिहासिक धारावाहिक उपन्यास ‘द रेड ह्वील’ लेखे, जसको मूल विषय रुसी क्रान्ति र त्यसका असरहरु थिए।

उनले सोभियत नेताहरुबाट भएका भ्रष्टाचारलाई औंल्याउन छाडेनन् र सुधारका लागि निरन्तर सुझाव दिइराखे। तर, समग्र रुपमा एउटा लेखकको लागि त्यो सुखद समय थिएन। आफू देशभित्र रहँदाको समयमा सोभियत संघमा उनको जति प्रभाव थियो त्यो कम हुँदै गएको थियो। अमेरिका र पश्चिमी प्रजातन्त्रमाथि उनका कठोर र आक्रामक टिप्पणीहरुले गर्दा उनका पश्चिमी उदारवादी समर्थकहरु पनि अलग्गिँदै गएका थिए। उनले आत्मवृत्तान्तमा पूर्व–समर्थक राष्ट्रहरुको उग्र आलोचना गरेको हुनाले आफ्नो देशमा उनको छविमा नराम्रो असर परेको थियो।

सोल्झेनित्सिनको राष्ट्रवादी विचारलाई पुटिनले आत्मसात गरेका थिए। उनले सोचेजस्तो दृढ नेताको छवि थियो पुटिनको। रुसका यी नयाँ नेताले सार्वजनिक रुपमा सोल्झेनित्सिनलाई आफनो निवासमा स्वागत गरे। उनीसँग सल्लाह र सुझाव मागे।

तर, कुनै पनि प्रतिकूल परिस्थितिले सोभियत व्यवस्थालाई हटाउने सोल्झेनित्सिनको दृढ चाहनालाई डगमगाउन सकेन। सन् १९९१ मा मिखाइल गोर्वाचेभको सरकार धराशायी भएपछि उनी सफलताको उत्तेजनामा रमाए। सोभियत संघमाथि महाविपत्ति आउने आफ्नो भविष्यवाणी सही भएकोमा उनी सन्तुष्ट थिए। तीन वर्षपछि उनी रुस फर्किए। उनलाई जनताले एउटा योद्धाको जस्तो सम्मानजनक स्वागत गरे। त्यहाँ पुगेर उनले जे देखे त्यसबाट खुशी हुन सकेनन्।

राष्ट्रति बोरिस येल्तसिनको सरकार अव्यवस्थित र अराजक थियो। त्यहाँ नयाँ व्यवस्थाका नेताहरु पश्चिमी मुलुकको चाकरीमा रमाएका थिए। उनीहरु रुसमा पश्चिमी शैलीको प्रजातन्त्र लागू गर्न चाहन्थे। सोल्झेनित्सिनले यो मूर्खतापूर्ण आकांक्षाप्रति असहमति जनाए। रुसका लागि उनी यस्तो दृढ नेता चाहन्थे जसले देशमा सशक्त रुपले राज्य व्यवस्था कायम राख्न सकोस्। राज्यले धर्म र अर्थोडक्स चर्चलाई प्रोत्साहित गरोस्। देशभक्तिमा आयामिक परिवर्तन संस्थापित गरोस् र सनातनदेखि चलिआएका मूल्य र मान्यतालाई आत्मसात गरोस्।
बोरिस येल्तसिनले राष्ट्रपतिको पदभार भ्लादिमिर पुटिनलाई सुम्पिएपछि सोल्झेनित्सिनको मनोकामना सार्थक हुने सम्भावना देखियो।

सोल्झेनित्सिनको राष्ट्रवादी विचारलाई पुटिनले आत्मसात गरेका थिए। उनले सोचेजस्तो दृढ नेताको छवि थियो पुटिनको। रुसका यी नयाँ नेताले सार्वजनिक रुपमा सोल्झेनित्सिनलाई आफनो निवासमा स्वागत गरे। उनीसँग सल्लाह र सुझाव मागे। सन् २००७ मा पुटिनले मानवीय कार्यको लागि उनलाई राजकीय सम्मानले सम्मानित गरे। स्मरण रहोस्, सोल्झेनित्सिनलाई यस्तै सम्मानको प्रस्ताव पूर्व–राष्ट्रपति गोर्वाचेभ र येल्तसिनबाट पनि गरिएको थियो। सोल्झेनित्सिनले ती दुवै अवसरलाई अस्वीकार गरेका थिए। पुटिनले पछि आफ्ना विपक्षीहरुको निर्मम हत्या गराए। एकतन्त्रीय शासन शुरु गरे, युक्रेन र क्रिमियामाथि आक्रमण र हस्तक्षेप गरे। प्रदेशहरुमा चलेका प्रजातान्त्रिक व्यवस्थामा प्रतिबन्ध लगाउन थाले। तर, पुटिनका यी असली रुप देख्नुभन्दा पहिले नै सन् २००८ मा सोल्झेनित्सिनले संसारबाट बिदा लिए।

मृत्युपछि सोल्झेनित्सिनको भव्य अन्तिम बिदाइ गरियो। उनको शवलाई मस्कोको डोन्स्कोए समाधिस्थलमा समाधिस्थ गरियो। सन् २०१० मा ‘द गुलाग आर्किपेलागो’ लाई रुसको माध्यमिक विद्यालयमा अनिवार्य पाठ्य सामग्रीको सूचीमा राखियो। मस्कोको ‘ग्रेट कम्युनिष्ट स्ट्रिट’ लाई ‘एलेकजेन्डर सोल्झेनित्सिन स्ट्रिट’को नाम दिइयो। निकट भविष्यमा मस्कोमा उनको स्मारक स्थापना गरिने योजना छ।

शंकास्पद मित्रहरुबाट पाएको सम्मानप्रति सोल्झेनित्सिनको भाव के हुन्थ्यो? भन्न पर्दैन। सोल्झेनित्सिन सत्यवादी थिए। उनले संसारलाई सोभियत कम्युनिष्ट समाजको असली रुप देखाउन आफूलाई समर्पित गरे। सोभियत साम्राज्यले घुँडा टेक्यो।

(सोल्झेनित्सिनको जन्मशताब्दीको सन्दर्भमा मिखाइल स्क्याम्मेलले ‘दि न्यूयोर्क टाइम्स‘मा प्रकाशन गरेको यो लेख रुचि श्रेष्ठले अनुवाद गरेकी हुन्।)

टिप्पणी थप्नुहोस्