रेमिट्यान्सको करले देश चलेको छ : डा. रिजाल (भिडियो वार्ता)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकारले एक वर्ष पूरा गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारले निकै चर्चा पाएको छ। सबै चर्चा सकारात्मक नभएपनि छायाँ अर्थमन्त्रीमा डा. मीनेन्द्र रिजालको चयनलाई सन्तुलित बताइएको छ।

डा. रिजालले पनि आफ्नो काँधमा आएको दायित्व गम्भीरपूर्वक पालना गरे। रुपान्तरणसँगको कुराकानीमा डा. रिजालले ‘बजेटले साधारण जनताको मुटु छाम्न नसकेको’ चर्चा गर्दै बजेटले समुदायको हितमा ध्यान नदिएको बताए।

‘सरकारको बजेट आमनागरिकसँग जोडिएको छैन। रेमिट्यान्सको आम्दानी ९ सय अर्ब छ। रेमिट्यान्सको आम्दानीमा कर लगाएर देश चलाइरहेको छ सरकार। खाडीमा काम गरेर कमाएको पैसाले जीवन चलाएका जनताको शोषण भएन यो?’ रिजालको प्रश्न थियो।

‘नेपालको युवा समुदायमा लगानी गर्नुपर्दछ। युवा समुदायको स्वास्थ्य र शिक्षामा ध्यान दिनुपर्दछ सरकारले,’ डा. रिजालले भने।

प्रस्तुत छ, डा. रिजालसँग रुपान्तरणको भिडियो वार्ता :

टिप्पणी थप्नुहोस्