नेतामा नैतिक चरित्र नभएसम्म राजनीतिमा सुधार आउँदैन : डा. कोइराला (भिडियो अन्तर्वार्ता)

Dr Koirala
  • रुपान्तरण बिशेष

काठमाडौं – राजनीतिमा नैतिक मूल्य र मान्यताको खडेरी परेको अवस्थामा नेपाली कांग्रेसका निर्वाचित महामन्त्री तथा बी.पी.कोइरालाका सुपुत्र शशांक कोइरालाले बताएका छन, “राजनीतिगर्ने मानिस लोभमा फँस्नु हुँदैन । नेताहरुको नैतिक चरित्र बलियो भए मात्र जनताको कल्याणगर्न सकिन्छ । पैसाको लोभले राजनीति बिगार्छ भन्नेमा नेता सचेत हुनु पर्दछ ।”

रुपान्तरण संगको एक बिशेष अन्तर्वार्तामा महामन्त्री कोइरालाले भन्नु भयो, नेपालको राजनीतिमा मेरा पिताव्दारा स्थापित लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको राजनीतिलाई अघि बढाउनका लागि नै म राजनीतिमा सक्रिय भएको हूँ ।

लोभ र पापको घैटो भरिदै गएको अहिलेको अवस्थामा के राजनीतिको शुध्दिकरण सहज छ ? प्रश्नको जवाफमा डा. कोइरालाले बताए, “सम्भव छ । तर सजिलो पनि छैन । पार्टीभित्र शुध्दिकरण अभियानलाई गतिशील बनाउनु आबश्यक छ । पाखा पारिएका कार्यकर्ताहरुलाई मुख्य धारमा ल्याएर सक्रिय गराउनु तथा पार्टीमा सक्रियहुन नयाँ कार्यकर्तालाई प्रोत्साहितगर्नु अहिलेको पहिलो आबश्यकता हो ।

महामन्त्री डा. कोइरालाले देश बिकासका लागि कृषिमा ‘फोकस’ गर्नुपर्ने बिचार ब्यक्तगर्दै बताए, “नेपालमा सत्र लाख हेक्टर जमीन कृषियोग्य छ । यति जमीनमा उत्पादन गर्ने हो भने हामी ९ करोड जनतालाई खुवाउन सक्छौं । हामीले कृषि उत्पादनलाई प्रोत्साहित गरेका छैनौं । अहिलेको बजेटमा पनि कृषि बिकासका लागि बिशेष योजना छैनन ।”

“ओली साहबको छाँटकाँट एकतन्त्रीय देखिदैछ” सरकारका कामप्रति तिब्र प्रहारगर्दै महामन्त्री कोइरालाले बताए, “प्रेस र गुठी सम्बन्धी बिधेयक ल्याएर सरकारले आफूलाई नङ्ग्याएको छ । गणतन्त्रलाई एकतन्त्रतर्फ धकेल्दैछ बर्तमान सरकार । गुठी ऐन ल्याउने मनसाय गुठीको सम्पत्तिमाथि कब्जा जमाउनु नै हो ।”

प्रम ओलीले संघीयतालाई लत्याएको आरोप लगाउँदै महामन्त्री कोइरालाले संघीयताकै सूत्रबाट समृध्दिको यात्रा शुरुहुने बताए ।

प्रस्तुत छ महामन्त्री डा. शशांक कोइरालाको महत्वपूर्ण अन्तर्वार्ता :

टिप्पणी थप्नुहोस्