प्रम ओली संकटसंग जुध्दै

  • रुपान्तरण समाचार

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक फेरी एमाले र माओवादी पार्टी बीच एकताका बेला भएका सहमतिको पालना हुनुपर्ने कुरा बताएका छन । धुम्बाराही स्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहलाई सम्वोधनगर्दै अध्यक्ष प्रचण्डले आफनो बिचार प्रकट गरेका हुन ।
दुइतिहाईको सरकारले संसदमा दर्ता गराएको गुठी संस्थान सम्बन्धी बिधेयकका बिरुध्द काठमाडौंमा जनताको आन्दोलन शुरु भएको छ । कम्युनिष्ट सरकारले धर्म र संस्कृतिमाथि बोलेको धावाका बिरुध्द जनताले ठूला प्रदर्शन गरेका छन । हिजो मात्र युरोपका तीन देशको भ्रमण सकी फर्किएका प्रधानमन्त्री केपी ओली सोमवार अपरान्ह काठमाडौं उपत्यकाका जन–प्रतिनिधिहरुसंग गुठी बिधेयकका बारे छलफल गर्दैछन । तर, यो छलफलको कुनै परिणाम आउनेबारे यसै भन्न सकिदैन । एकथरि एमाले र माओवादी सांसद बिधेयकका पक्षमा घूँडा धसेर लागेका छन भने अर्काथरि जनमतको बिपक्षमा जान नहुने बताउँदैछन । प्रम ओलीले के निर्णय गर्ने छन ? यसैमा धेरै कुरा निर्भर रहनेछ । प्रम ओलीका सल्लाहकारहरु यो मामिलामा बिधेयकका पक्षमा देखिएका छन ।
अध्यक्ष प्रचण्डले यति नै बेला एकता र सहमतिको कुरा उठाएर सरकारका लागि समस्या थपि दिएकाछन । गुठी बिधेयक संसदबाट फिर्ता लिंदा आन्दोलनका सामु सरकारले घूँडा टेकेको सन्देश जानेछ । प्रतिपक्षले बिजयको बोध गर्नेछ । कम्युनिष्ट पार्टी र दुइ तिहाईको धज्जी उडने छ । प्रम ओलीले सामना गरी रहेको यी समस्यामा अध्यक्ष प्रचण्डले नून छरेको आरोप एमालेका एक बरिष्ठ नेताले लगाए ।
के गर्लान प्रम ओलीले ? के गुठी बिधेयक र यसभन्दा पहिले संसदमा दर्ता भएर बदनाम भै सकेको मिडिया बिधेयक फिर्ता लेलान ? सम्भवतः आज राति नै प्रम ओली निर्णयमा पुग्नेछन । नेपाल कम्युनिष्ट पार्टीले काठमाडौं उपत्यकाका धर्म र संस्कृतिप्रति समर्पित जनता चिढ्याएर शासनगर्न खोजेको हो भने त्यो उनीहरुको भूल हुने बताउँछन जानकारहरु । अन्योलको यो अवस्थामा के ओली सरकारको नेतृत्वबाट पन्छिएलान ? नेकपामा ओली बिरोधी गुटले यस्तो आशापनि राखेको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री