मण्डलामा मानव सागर

सरकारले गुठी विधेयक फिर्ता लिएपछि विधेयक बिरोधी आन्दोलनकारीहरुको आयोजनामा माइतीघर मण्डलामा आयोजित बिशाल खबरदारी सभा अन्तर्गतको ‘गुठीविधेयक संयुक्त प्रतिरोध कार्यक्रम’ निकै सन्तुलित र रोचक रह्यो । सभामा सयौं आन्दोलनकारीहरुले रोचक प्लेकार्ड बोकेकाथिए। ती प्ले कार्डहरुमा पर्यटकहरु कंक्रिटको शहर हेर्न आउने होइनन, सम्पदा, जात्रा र संस्कृतिहेर्न आउने हुन, गुठीलाई लूटतन्त्रको गोटी नबनाउ जस्ता नारा लेखिएका थिए। एउटा प्लेकार्डमा लेखिएको थियो: गुठी छ त जात्रा छ, जात्रा छ त नेवा छ, नेवा छ त नेपाल छ। अनि, एउटा प्रश्न सोधिएको थियो, ‘नेवा बिस्थापन गर्ने, भू माफियालाई पोस्ने ?’

‘मन्त्री माफिया नबनुन, सांसद पुच्छर नबनुन’ एउटा नारा यस्तो पनि थियो ।

प्रतिरोध कार्यक्रमका सहभागीहरुले ‘सरोकारवालाहरु संग बृहत्त छलफल पछि मात्र सरकारले गुठी सम्बन्धी विधेयक ल्याउनु पर्ने’ प्रतिक्रिया दिएका थिए। सरकारले सरोकारवाला संग छलफल नै नगरी गुठी विधेयक ल्याएकोमा सहभागीहरु आक्रोशित थिए। गुठी सम्बन्धी विधेयक आक्रोशको मुख्य कारण छँदै थियो, सरकारको दम्भ र संवेदनहीनता, चर्किदो महँगी र अनाबश्यक नारासंग पनि जनता चिढिएका थिए।
सरकारले राष्ट्रिय सभामा गुठी सम्बन्धी विधेयक दर्ता गराउना साथ त्यसको सक्रिय बिरोध शुरु भएको थियो। सरकारले विधेयक फिर्ता लिएपछि यो खबरदारी सभा भएको हो।

 

तस्वीर तथा विवरण: रुचि श्रेष्ठ

 

    

टिप्पणी थप्नुहोस्