गुठीविधेयकः मुडभेडको स्थितिबाट पछि हटे ओली

  • रोमन आचार्य

मंगलबार साँझ बालुबाटारमा पत्रकार सम्मेलनको आयोजना गरियो। आयोजक थिए प्रधानमन्त्री केपी शर्मा ओली। सम्मेलनका क्रममा उनले भूमि ब्यबस्था मन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ता लिएको सूचना आफूले सञ्चार माध्यमबाट थाहा पाएको बताए।
पत्रकार सम्मेलनमा उनले भने–‘भर्खरै माननीय भूमि व्यवस्था मन्त्रीले सरोकारवाला सँग परामर्श गर्नुपर्ने, छलफल गर्नुपर्ने, विज्ञहरुका पनि रायलिनुपर्ने देखिएको र यसैको नाममा “भ्रमपूर्ण वातावरण सृजना गरेर” नेपाली जनताले लडेर ल्याएको राजनीतिक ब्यबस्थामा, लोकतन्त्र विरोधी शक्ति घुसेर लोकतन्त्रका जरा काट्ने कैंचीहरु चलाउन थालेको देखेपछि विधेयक फिर्ता लिनुभयो भन्ने मैले सञ्चार माध्यामबाट थाहा पाएँ।’ उनले थपे–‘मलाई लाग्छ उहाँको निर्णय ठिक छ, म त्यसलाई दृढ समर्थन गर्छु।’

प्रसंग यतिमाटुँगिदैन। आइतबार यूरोप भ्रमणबाट स्वदेश फर्किएका प्रम ओलीले सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल सँग छलफल गरेर विधेयक फिर्ता लिन निर्देशन दिएका थिए। विभिन्न स्रोतका अनुसार प्रम ओलीले विधेयक बिरोधी आन्दोलनले आफ्नो सत्ता सञ्चालनमा समेत गम्भिर असर पुग्न सक्ने भन्दै मन्त्री अर्याललाई विधेयक फिर्ता लिन निर्देशन दिएका हुन्।
उनले पत्रकारहरु माझ दिएको अभिव्यक्तिले उनको दोहोरो चरित्र देखाएको छ। सार्वजनिक चासो, त्यस माथि संसद र सडकबाट निरन्तर विरोध र प्रदर्शन भएको विषय हो, गुठी। आफ्नै मन्त्रीले फिर्ता लिएको थाहा नहुनु आश्चर्यको विषय बनेको छ। उनको भनाइले देशका कार्यकारी प्रमुख र उनको मातहतमा कामगर्ने वहालवाला मन्त्री बीच समन्वय हुन छाडेको विश्लेषणहरु हुन थालेका छन्।

गुठी विधेयक सरकारले विना तयारी सरोकारवाला, संस्कृतिविदहरु सँग छलफल तथा पर्याप्त गृहकार्य नगरि हतारमा ल्याएको रुपान्तरणअनलाईनले पटकपटक लेखेको विषय हो। यसरी नै सरकारले हतारमा अन्यविधेयकहरु ल्याएर संसदबाट पास गराउने तयारी गरिरहेको छ। सडक र सदनबाट निरन्तर भएको आन्दोलनको अगाडि सरकार निरिह बनेको यथार्थ हो। अन्य विधेयकमा पनि यसरी नै घुँडा टेक्ने दिन आउन सक्छ भनेर प्रधानमन्त्रीले पत्रकारहरुको बीचमा नौटंकी प्रस्तुत गर्दै पानीमाथिको ओभानबन्न खोजेको देखिन्छ।

प्रतिपक्षी घाँसमा बस्ने हरेउ

सम्मेलनको क्रममा प्रधानमन्त्रीले भने–‘के घाँसको एउटा स्याङ्लो भेट्टाइएको थियो, हरियो स्याङ्लो , हरियो स्याङ्लोको एउटा डालो भित्रहजार वटा हरेउ, एउटा डालोमा हरेउ त एउटा हुन्थ्यो, डालो एउटा छ , हजारवटा हरेउ देखापर्ने स्थिति बन्यो ।’
प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न नपाएको झोंकमा पत्रकार सम्मेलन गर्दै प्रम ओलीले प्रतिपक्षी दललाई हरेउको संज्ञादिए। गुठी संस्थान विधेयक फिर्ता लिनु परेको पीडा उनको अभिव्यक्तिमा प्रष्ट देखियो। यो विधेयकफिर्ता भए सँगै एक कदम पछाडि हटेको सरकारलाई पत्रकारले पनि घुँडा टेकाउने हो कि भन्ने डर लागेको आंकलन हुन थालेको छ।

प्रतिपक्षीदलले संसद अवरोध गरेकोमा कटाक्ष थियो यो उनको । उनले गुठी विधेयकको विरोध गर्नेहरु प्रति लक्षित गर्दै भने–‘कस्ता मान्छेहरु छन् आन्दोलनमा, त्यो भन्न चाहन्नँ। कति गुठीको माया गर्ने, संस्कृति र परम्पराको माया गर्ने मान्छेहरु छन् ?त्यता टिप्पणी गरिरहन चाहन्नँ।’ प्रधानमन्त्री ओलीका अनुसार उपत्यकाभित्र र बाहिरको गुठीका समस्या फरक रहेकाछन्। उनले उपत्यका बाहिर गुठीका नाममा जनता प्रताडित भएको पत्रकार सम्मेलनका क्रममा बताएका थिए।

अधिंकाश समय प्रतिपक्षी दल र गुठी विधेयकका विरोधी प्रति लक्षित भएर कटाक्ष गरेका उनले आफू युरोप भ्रमणमा हुँदा देश भित्र अनावश्यक कुरा उठाएर तनाव बढाउने कार्य गरेको भन्दै आक्रोश पोखे। उनले कुरा मिसमास गरेर अत्यन्त भ्रमपूर्ण ढंगले यस्ता कुरालाई उछालिएको आरोप लगाए।

टिप्पणी थप्नुहोस्