मधेश राजनीतिमा महन्थ ठाकुर आदरणीय स्थानमा रहेका छन। ठाकुरको राजनीति कांग्रेसबाट शुरु भएको थियो। कांग्रेस राजनीतिमा उनले निकै ठूला दायित्वनिर्वाह गरे। उनले कांग्रेस संगठनको चूरो बुझेका थिए। कांग्रेसले २०६३ सालको आन्दोलनको नेतृत्व गरेपछि उनले देखे – कांग्रेस मधेशको मामिलामा समावेशी छैन। उनले नेतृत्वसंग यसबारे प्रश्न उठाए। तर, कांग्रेस नेतृत्व उनको कुरासंग सहमत हुन सकेन। उनले कांग्रेसको राजनीति छाडने निर्णय गरे। यो थाह पाएपछि कांग्रेस नेतृत्व छटपटायो। त्यसपछि उनलाई फकाउने प्रयत्न भयो। राष्ट्रपति लगायतका महत्वपूर्ण नियुक्तिको प्रलोभन दिइयो। तर, महन्थ आफना कुराबाट पछि हटेनन। उनले कांग्रेस छाडे। तराई–मधेश लोकतान्त्रिक पार्टीको गठन गरे। त्यसपछि मधेशको राजनीतिमउनचुर्लुम्म डुबेका छन।
महन्थ ठाकुसंगको यो अन्तर्वार्ता केही समयअघि लिइएको थियो। यो अन्तर्वार्ता लिएपछि मधेशको राजनीतिमा तात्विक परिवर्तन आएको छैन। पछिल्लो घटनाक्रममा संघीय समाजवाद फोरममा नयाँशक्ति पार्टीको बिलयभएको छ। बिलयपछि पार्टीको नाम भएको छ: समाजबादी पार्टी नेपाल। नयाँशक्ति पार्टीका अध्यक्ष तथा नेता डा. बाबुराम भट्टराई उप–प्रधानमन्त्री उपेन्द्र यादवको समकक्षी नेता हुन पुग्नु भएकोछ। दुई नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको सरकारले काम गरी रहेकोछ।
महन्थ ठाकुरसंगको यो अन्तर्वार्ता केही समय अघि उहाँको निवास र कार्यालयमा लिइएको थियो। नेपाली राजनीतिका सन्दर्भमा महन्थ ठाकुरसंगको प्रस्तुत अन्तर्वार्ताको प्रयोजन अहिले पनि उत्तिकै रहेको छ।
प्रस्तोता – किशोर नेपाल ।

हामी मधेशको अस्मिताको चर्चा गर्दै थियौं। तपाईंले पहाडमा भन्दा मधेशमा विविधता छ भन्नु भएको थियो।
तपाईं जनकपुरमा बस्नुभएको छ, ब्रम्हपुरी टोलमा। त्यहाँ ब्राम्हणहरु छन।
ब्राम्हण भनेर तपाईंले तिनीहरुको संख्याको आधारमा लिनुभएको कि?
त्यो टोलमा व्राम्हणहरु नै बढी छन्, कोही कोइराला, कोहीउपाध्याय त कोही ढकाल। मलाई लाग्छ अरु कमै छन।
कमजोर पोलिटिकल पावरले सिचुएसन कन्ट्रोल गर्न सक्दैन भन्नु भएको थियो।
कमजोर इकोनोमिकलर पोलिटिकल पावरले स्वस्थ्य परम्परा बन्न सक्दैन।
तपाईंहरु डेमोक्रेटिक क्याम्पको यति ठूलठूला नेताहरु हुनुहुन्छ। त्याग तपस्या गर्नु भयो। जेलजानुभयो, सत्तामा पनि जानुभयो। तपाईंहरुको यथार्थ के हो? तपाईंहरु अहिले पनि फाइटर हो कि, अहिले पनि तपाईंहरु फ्युजिटिभ जस्तो जीवन विताइरहनु भएको छ।
मधेशीहुनु नै यो देशको लागि खतरा हो कि के हो, जुन परिचय अरु देशमा बसेर पनि त्यो प्रारम्भिक पारिवारिक परिचय हुन्छ र जमिनको परिचय हुन्छ, त्यो त रहिरहन्छ नि। त्यसमा तपाई हामीले केही गर्न सक्दैनौ। जुन परिवारमा जन्मेको छ, अन्ततः त्यही परिवारको नाम हुन्छ। मानिलिनुहोस, धर्म परिवर्तन भयो, देश परिवर्तन भयो, शुरुको परिचय समाप्त हुँदैन। फलानो परिवारमा जन्मेको हो। मातापिताको नाम आइहाल्छ। मधेशका लागि यही खतरा हो कि के हो। बुझ्न सकेको छैन ।
तपाईंलाई के लाग्छ, परिवर्तन हुन्छ यसमा?
परिचय पनि कही परिवर्तन हुन्छ ?
हैन एटिच्यूट चाहिँ ?
एटिच्यूट त किनचेन्ज नहुनु। मेरो भनाई के छ भने जति पनि सत्तामा आएका छन् सबैले कुनै न कुनै समयमा बन्दुक उठाएका छन्। यो यथार्थ हो। किन उठाए त? मेरो भनाइ के छ भने, राज्य नै सबैभन्दा बढी आतंकवादी हो यहाँ। गोलीले पनि र बोलीले पनि।
सीके राउतसँग कम्युनिष्ट सरकारले सम्झौता गर्यो नि। त्यो सम्झौंताको कुनै तुक छ?
यो हाम्रो राजनीतिमा एउटा बहसको विषय बनेको छ । मुख्यतः छापामार शैलीमा, नाटकीय ढंगमा, अदालतलाई समेत समावेश गराएर गरिएको यो सम्झौताको प्रधानमन्त्रीको आफ्नै पार्टी र अन्य पार्टीहरुमा पनि आ–आफ्नै शैलीमा व्याख्या र बहस भएको छ। हुन त सीके राउतले नयाँ पार्टी नै बनाउनु भएको छ ।त्यसैकारण पनि विषय गहन हुने नै भयो । तर, हामी अर्थात् राजपासँग सम्बन्धित अर्को प्रश्न उठ्छ । समावेशीताकालागि, अधिकारका लागिथरुहट र मधेश आन्दोलन भएको हो । त्यो आन्दोलनमा लाग्ने माथी पनि मुद्दा छन् । सांसदहरु जेलमा छन्, मन्त्रीहरु माथिसमेत थुप्रै मुद्दा लगाएको छ अदालतले । पञ्चायत कालमा हामी पनि अदालतकै फैसला अनुसार जेलमा गएका हौं । अदालत राज्यको अंगहो । राज्यले कानुन बनाउँछ । त्यतिबेला फरक राजनीतिक मुभमेन्ट भएको थियो । लोकतन्त्रमा आफ्नो माग राख्न नसकिने, त्यसकालागिगोलीखानु पर्ने, जेल जानुपर्ने । अहिले पनि हामीले लोकतान्त्रिक संस्कृतिअपनाउन सकेका छैनौं । एक अर्कालाई आफ्नै ढंगले मात्रै हेर्ने, समस्या समाधान नगर्ने, अप्रिय घटनालाई ‘ल एण्ड अडर’ को नजरले मात्र हेर्ने, त्यसको राजनीतिक कारणलाई ओझेलमा पारिदिने, अनेक थरिको आरोपहरु लगाईदिने। यिनै सन्दर्भमा मैले भनेको हो कि आतंककारी भनेको के हो? आतंकाकारी हिंसाबाट एकजनालाई चैन हुन्छ अरु भयभीत हुन्छ। जहाँसम्म हिंसाको प्रश्न छ, भूकम्प जाँदा पनि हिंसा भएको हो। भूकम्पले मानिसलाई मारेको हैन, घर भत्किएर, गाडी पल्टिएर मानिस मरेको हो। त्यसले भय सीमित ठाउँमा मात्र क्रिएट गर्छ, अरु ठाउँमा गर्दैन। तर, आतंकवादी कृयाकलापले अरु ठाउँमा पनि भय उत्पन्न हुन्छ। त्यो भय त राज्यले नै सृजना गरिरहेको छ नि। बोलीले पनि बन्दुकको गोलीले पनि। जिम्मेवार व्यक्तिको मुखबाट जथाभावी धम्की निस्किन्छ। उसको बोली पनि छ र उसको साथमा गोली पनि छ। साधन स्रोत छ। उ आक्रामक भएर आयो भने जनताको स्थिति कस्तो हुन्छ? आतंककारी कसलाई भन्ने? हाम्रो यहाँ इतिहासले सबै देखाइरहेको छ…
रेशम चौधरी र सिके राउत एक्सचेन्जमा परे। रेशम चौधरी अग्रिम छुट्छन् भन्ने आशा थियो जनताको। संसदको निर्वाचनमा त्यत्रो बहुमतले जितेका उनी छुट्छन् भनेको मान्छे, जन्मकैद पाएर जेलमा गए। सिके राउतलाई सरकारले सेफ ल्याण्डिङ्ग गरायो। अब सिके राउत आतंककारी हो कि होइन?
यसको जवाफ मैले पहिले दिइ सकेको छु नि ।
फेरी एकचोटि…
हाहा… अब मधेशी भनेर आतंककारी भन्नुहुन्छ कि खतरा भन्नुहुन्छ कि हाहा.. जे भने पनि यसमा मेरो के लाग्छ र !
उसले हिंसाको कुरा धेरै गरिरहेको हुन्छ नि ।
मुखले त उसले हतियारको कुरा गरेको छैन नि ।
आचरणमा चाहिँ देखिन्छ !
आचरणमा त अब उनी जहाँ पनि जान्छन् सुरक्षा लिएर जान्छन्। उनको एउटा सुरक्षा दस्ता नै छ। सिधै भाषामा भन्ने हो भने राज्यलाई अंगभंग गर्नु पनि हिंसा नै त हो ।
सबैभन्दा ठूलो हिंसा भयो त्यो त ।
‘मोर पेनफुल द्यान इण्डिभिजुएल पेन’ । भारतमा पनि त्यसको प्रभाव त देखिनै रहेका छौ। जुन भूमिले तपाईंलाई नाम दियो, प्रतिष्ठा दियो त्यही भूमिलाई काटछाँट गर्दिनु हुन्छ भने त्यो त पीडादायी भयो नि।
तपाईं मधेशको बारेमा सबैभन्दा बढी जान्ने र बुझ्ने ब्यक्तित्व हुनुहुन्छ। तपाईंलाई मधेशबारे अथाह ज्ञान छ। तपाईंले केही पटक भन्नुभएको छ कि मधेश कसरी स्वाधीन राष्ट्रको रुपमा रहन सक्छ।
यो पहिलो संविधान सभा ताकाको कुरा हो। त्यसमा नेपाललाई बहु संस्कृति भएको बहु राष्ट्रका रुपमा स्वीकार गरेको हो। दोस्रो संविधान सभाले त्यसलाई हटाइदियो। ‘मधेशपनि एउटा राष्ट्र होे’ म त भन्दै आएको छु शुरुदेखिनै। सर्वदलीय बैठकमा यो कुरा भनेकै हो। राष्ट्रपतिले बोलाउनुभएको थियो त्यो बैठक। त्यहाँ सबै नेता हुनुहुन्थ्यो। अहिलेका प्रधानमन्त्री पनि त्यती बेला हुनुहुन्थ्यो। हामीले मधेशी गुमायौं। यही अवस्था रह्यो भने मधेश पनि गुम्ने छ। राष्ट्रको परिभाषा गर्दा के छ भने ‘ए ग्रुप अफ पिपुल लिभिङ्ग टुगेदर ह्याभिङ्ग सेम कल्चर इस्पेसीयल्ली ल्याङ्गवेज एण्ड हिस्ट्रि…’ त्यसलाई एउटा राज्य भन्ने गरिएकोछ। ‘इथनिसिटी अल्सो फर्म अफ ए नेशन’ जसलाई हामी इथनिक नेशनालिटी भन्छौं। जस्तो जनजातिहरु छन्, उनीहरु पनि नेशन नै हो भन्ने मेरो मान्यता छ। त्यसकारण व्यापक छलफल पश्चात् बहुराज्यमा सहमति भएको थियो। त्यसलाई स्वीकार गरिएन। त्यो परिभाषा सँग यो पनि जोडिएको छ कि नेशन मस्ट ह्याभ अ स्टेट। हाम्रोमा पनि एउटा क्राइटेरिया निर्धारण गरिएको थियो। लामो समयसम्म एउटा भूमिमा बसेको मानिसको आफ्नो संस्कृति र इतिहास हुन्छ। त्यो अवस्थामा संघीय राज्य कुन क्राइटेरियाको आधारमा बनाउने? त्यसमा एउटा थियो आर्थिक र दोस्रो थियो हिस्टोरिकल। यहाँ त्यो अनुसार भएन। त्यसकारण अहिले पनि संविधान संशोधनको कुरा उठिरहेको छ।
विदेशीसँग विहे गरेकी महिलाको सन्तानलाई नागरिकता दिने विषयमा पनि भारतसँग सीमा जोडिएको विषयलाई पनि प्रश्न बनाइन्छ । मधेशमा यो विषयलाई कुन रुपमा हेरिएको छ ?
यो विषयमा मधेशलाई औला ठड्याउने कामभएको छ। शादी-विवाह त मधेशभन्दा पहाडमा बढी हुन्छ। पश्चिमतिर हेर्नुहोस्, सभ्रान्त परिवारको हेर्नुहोस् , धेरै त्यताबाट पनि ल्याउने गरिन्छ यताबाट पनि उता लाने गरिन्छ। यो एउटा माइन्डसेट हो। म मधेशी हो। तपाईंले मलाई जे नामाकरण गर्नुहुन्छ गर्नुहोस्। मधेशी हुनु नै खतरा हो। यो मानसिकताबाट जो पीडित छ अब त्यहाँ यस किसिमको केस नै हुँदो हो भने पनि औलामा गन्न सकिन्छ। यहीँजन्मेको यहीँ हुर्केको…
के सुरक्षा छ र कसले ग्यारेन्टी लिन सक्छ ?
जस्तै इष्ट इण्डिया कम्पनीसँग हाम्रो युद्ध भयो ।पश्चिमतिर जो समातिए, उनीहरुले नै, अंग्रेजहरुको तर्फबाट हामीहरुसँग युद्ध लडेका हुन। भय डर आदिले बाध्य भएर।समातिनु भन्दा अगाडी बन्दी बनाइनु भन्दा अगाडि ती यताका सैनिक थिए। बन्दी भएपछि उताको सैनिक बन्न गए। त्यसकारण एकाध रुपमा यस्तो घटना हुन सक्छ। त्यहाँका मानिसहरु यहाँ आएर नागरिकता लिन सक्छन। कति होला ती? साधारण हिसावले हेर्दा मानिसहरु आर्थिक लाभका लागि त्यस्तो काम गर्छ। सबैले त त्यसो गर्दैन ।
गिरिजा प्रसाद कोइरालाले ३५ लाख गैर नेपालीलाई नागरिकता दिएको चर्चा चल्यो।
तपाई एउटा नागरिक हुनुहुन्छ भने,चाहे पुरुषहोस् या महिला, संविधानले बराबरी भनिरहेको छ। जात, धर्म, लिङ्ग राष्ट्रको परिभाषामा कसैको भेदभाव पर्दैन। बराबर छ भने बराबर अधिकार दिन संकोच किन? मैले क्याविनेटमा एकचोटी चर्चा गरेको हो। भाञ्जा–भाञ्जीलाई नागरिकता दिनका लागि। नेपालमा आफैले नागरिकता पाएको छैन। भाञ्जा–भाञ्जीको कुरा कहाँबाट आयो हाहाहा…… नेपाल आजको देश हैन , बोर्डर पनि आजको हैन दुइ सयवर्ष अगाडिको वोर्डर हो। १८१६ सन्धिपछि यो वोर्डर बनेको हो। नेपालले आफ्नो स्वाधीनतार अखण्डता बचाएकै हो । त्यहाँ घुसपैठ भएको थियो भने कसले बचायो त अहिले सम्म ?मानिस आफ्नो घर र जमिनकालागि लड्छ कि लड्दैन…
त्यस्तो कुरा हामीले किन बुझाउन नसकेको ?
यहाँका लाखौं मानिसहरु भारतमा गएर काम गरिरहेको छ। पकेटमा केही छैन। रेलवेको टिकट सम्म पायो भने गयो। कही बसेपनि केही काम पाइहाल्छन। उनीहरुले त्यहाँबाट कति पैसा पठाइरहेका छन्? हाम्रो इकोनोमीमा उनीहरुको देन कति छ? कसैले विश्लेषण गरेको छ? जति यो देशबाट विदेश गएर काम गरिरहेका छन्, त्यो भन्दा बढी इण्डियामा गएर काम गरिरहेका छन् मानिसहरु। त्यहाँ जान खर्च पनि धेरै गर्नु पर्दैन। भाषाको पनि समस्या छैन। जहाँ गएपनि टुटे फुटे बुझिहाल्छन्। साधारण संस्था देखि सरकारी संस्थाहरु सम्म काम गरेका छन् । हाम्रो समयमा पनि लेखेको हुन्थ्यो “युनियन पव्लिक सर्भिस कमिसन, सिटिजन अफ इण्डिया एण्ड सबजेक्ट अफ सिक्किम भुटान एण्ड नेपाल आर इनभाइटेड ।” त्यसकारण त्यता तिर आफ्नै ढंगको सम्बन्ध छ हाम्रो।
सीके राउत र सरकारका बीचमा समीकरण मिल्न जाँदा मधेशका लागि निरन्तर लडिरहेको पार्टी घाटामा पर्छन्, खास गरेर राजपा घाटामा पर्छ भन्ने एकथरिको भनाइ छ। यसको विश्लेषण गरिदिनुहोस् न।
यसपटकको निर्वाचनमा प्रदेश नम्बर दुईमा जुन नतिजा आएको छ त्यो मधेशका पार्टीहरु मिलेर चुनाव लड्दा आएको एउटा नतिजा हो । यसमा असर पर्न सक्छ । किनकि, अब तेस्रो पार्टी पनि भयो । उनको संगठन छैन । पहिलेको जस्तो आकर्षण पनि छैन । किनकि त्यो आकर्षण एउटा नारामा थियो । त्यहीँ नाराका आधारमा जनसंख्याको एउटा हिस्सा आकर्षित थियो । पार्टीको रुपमा संगठित हुँदा पार्टी सिस्टममा भिन्न पार्टीको संरचनाको आधारमा अघि बढ्न त मुस्किल हुन्छ ।
राजपाको के चुनौती छ त ?
राजपाले आफूलाई एउटा सर्टेन इश्युमा सीमित राखेको छ । प्रदेश नम्बर २ मा हामीले गठबन्धन गरेका छौं । त्यो बाहेक हाम्रो अरु कुनै पार्टीसँग गठवन्धन छैन । समर्थन गर्दा पनि मात्र प्रधानमन्त्रीलाई हामीले समर्थन गरेका थियौं । अरुमा हामीले स्वतन्त्र भएर निर्णय लिने गरेका हौं । नीति तथा कार्यक्रममा हामीले केहीँ सुझावहरु दिएका थियौं । सुझाव अनुसार भएन। हामीले त्यसको विरोध गरेका हौं ।
समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम) सँगको सम्बन्ध दुई नम्बर प्रदेशमा मात्र सीमित छ ? अहिले सम्म त त्यहीँ छ । पाँच नम्बर , एक नम्बर वा सात नम्बर कुनै पनि स्थानमा हाम्रो सहकार्य थिएन ।
सीके राउतसँग पनि मिल्ने संभावना छ ?
राजनीति संभावनाको खेल हो । अहिले नै त्यस विषयमा केही नबोलौं ।
मानिसहरुको भनाई के छ भने राजपा भित्र जति पनि दलहरु छन् उनीहरुको आपसमै पनि सहमति छैन । कुरा के हो ?
बैचारिक द्वन्द्व त हुन्छ नै । फरक दल एक भए । सबैको आ–आफ्नै अध्यक्षता थियो । नीति तथा कार्यक्रम छदै थियो । त्यो सब विर्सिएर हामीले एउटा पार्टी बनाएका थियौं । बैचारिक भिन्नता केही मात्रामा मेटिएको छैन । अरु त ढंगले नै चलिरहेको छ । अधिवेशनमा चाहिँ हाम्रो जुन संगठनात्मक अवस्था छ, त्यसलाई पनि सुधारेर जाने हाम्रो बिचार छ । त्यसपछि देखिएका विवाद, भनिएका सबै कुराहरु न्यून हुँदै जाने छन ।

तपाईंको नेतृत्वमा राजपा सुदृढ र चलायमान देखिएको थियो । अहिले पुरानै गतिमा फर्कियो भन्छन् मानिसहरु ।
हामीले संगठनात्मक संरचना अथवा कही प्रतिनिधि पठाउँदा सकभर हाम्रो कोसिस रहन्छ कि सबै समूहबाट सहभागिता आओस् । त्यसैले त्यस्तो देखा परेको हो । जस्तै सांसदको टिकट वितरण गर्दा खेरी चाहे प्रदेशको होस् वा चाहे संघको होस्, कुनै समिति बनाउँदा खेरी, सबैलाई समेटेर सबैलाई सोधेर गर्ने गरेको छ अहिले सम्म । नाम चाहिँ राजपा छ, बाँकी हामीले समावेशी कुरालाई ध्यानदिने गरेका छौं ।
तपाईंहरु बीच विवाद चाहिँ छ ।
विवाद हैन। केही विषयमा बैचारिक भिन्नता छ भन्न सक्नुहुन्छ ।
तपाई र राजेन्द्र महतो बीच बैचारिक भिन्नता अथवा मतभिन्नता हुन्छ ?
जस्तो विवादको संकेत तपाईंले गर्नुभयो त्यस्तो विवाद पनि छैन । सबैको मनमा थियोः पार्टी एकीकरण हुन्छ कि हुँदैन ? त्यती वेला हामीहरुले भनेका थियौं कि तिमीहरु मिलेर आउ। तिमीहरु जुन रुपमा आउछौं म स्वीकार गर्छु । यसमा मेरो भन्नु केही छैन । उनीहरु जसरी आए मैले स्वीकार पनि गरे । जस्तो चक्रिय अध्यक्ष प्रणालि, जसमा मलाई पहिलो संयोजक बनाईयो । दुई महिना पुग्नु अगावै मैले अब को आउने भनेर सोधेको हो । सबैले एक स्वरमा मेरो समर्थन गरे । राजेन्द्रले प्रस्ताव गर्नुभयो अरुले समर्थन गरे । मेरो मुखबाट त केही निस्किएकै थिएन । उनीहरुले प्रस्ताव ल्याए , मैले ओके गरिदिए । म बैठकलाई स्थगित गर्न सक्थे । तर मैले त्यही सिस्टमलाई अगाडी बढाए ।
राजपा चलेको छ अहिले ?
चल्या छैन र ! दुई दुई महिनामा बदलिरहेको छ , हाहाहा……
नेपालमा प्रजातान्त्रिक शक्तिहरु एक ठाउँमा बस्ने संभावना तपाईंले देख्नुभएको छ ?
आन्दोलनको समयमा , भारतमा बस्दाखेरी , फरक फरक व्यक्तित्वहरुसँग भेट हुन्थ्यो । जेलमा पनि त्यहाँका पोलिटिकल पार्टीका नेताहरुसंग भेट हुन्थ्यो । जुन वेला यहाँ कोरोनेसेन थियो त्यसवेला हामीलाई त्यहाँको जेलमा राखियो । त्यहाँ इन्दिरा गान्धीजीका विरुद्धमा हावा चलीरहेको थियो तिव्र गतिमा । सामान्यतः त्यहाँका पोलिटिकल पार्टीका फरक विचारधाराका मानिसहरु आउथे । सोसलिष्ट नेताहरु आउँदा खेरी के भन्थे भने हामी सोसलिष्टहरु झगडा नगरी बस्नै सक्दैनौं । त्यसवेला त काँग्रेस पछि सोसलिष्ट नेताहरु नै टपमा रहन्थे । यहाँ पनि डेमोक्य्राटिक र सोसलिष्ट विचारधाराकै मानिसहरु छन । अलिक बढी डेमोक्रेटिक मानिसहरु भए ।
नेपाली राजनीति सङ्ग्लो हुन नसक्नुको कारण के होला? यहाँका शासकले जनताको चित्त बुझाउन सकेको देखिदैन । के हो त यसको कारण ?
शासनमा जाने कुनैपनि नेताले पहिलो कुरा यो बुझनु पर्दछ – जनताले राज्यबाट रेस्पेक्ट खोजेको छ । माया खोजेको छ । राज्यको बल कति छ भनेर हेर्न खोजेको छैन । हाम्रो यहाँ बल प्रयोग गरेर जतिपनि समस्या छन् सबै समस्याको समाधान खोजेको देखिरहेका छौं । त्यसकारण पहिले म जो हु अरु पनि त्यही हो भन्ने सोच आउनु पर्छ शासकमा। दोस्रो मुख्य प्राथमिकता हो शिक्षा । दुनियाँमा जति पनि परिवर्तन भएको छ,पोलिटिकल वाइकोनोमिकल , त्यो सबै राम्रो शिक्षाले भएको हो । चाहेत्यो औपनिवेशिक आन्दोलन पछि आएको सरकारका नेतृत्व । जस्तो सिंगापुरको उदाहरण नै दिइन्छ । सबैभन्दा बढी जरुरी शिक्षा बिकासको छ । हाम्रोमा जो शिक्षा आर्जनका लागि देश बाहिर जान्छन्, ती उतै बस्छन। यहाँ स्कोप छैन । विज्ञको जरुरत छ । सामान्य शिक्षा भएका व्यक्ति सत्तामा आइरहेको हामी हेर्छौ । देश विकास उपलव्ध भएको साधन स्रोतले मात्र संभव छ । खाद्यान्न अभाव पनि भइसक्यो हाम्रो देशमा । त्यसकारण कृषिमा ध्यान दिन जरुरी छ । हामी विद्यार्थी छँदा नेपालबाट सामानहरु विदेश जान्थ्यो । अहिले सबै बन्द हुने अवस्थामा पुगेको छ । हाम्रो कृषि उपजमाथि बहुत सारा उद्योगहरु निर्भर छन् । कृषिलाई पहिलो प्राथमिकता दिनुपर्छ । गाउँ छोडेर मानिसहरु शहर आइरहेका छन् । रोजगारी पाएको छैन , विदेश गइरहेका छन । यहीँ रोजगारीको अवसर सृजना गर्नुपर्यो । काम गर्ने जनशक्ति बाहिर गएको कारण हाम्रो खेती, उद्योग, कृषि सबै प्रभावित भएका छन् । हामीले उनीहरुलाई यही रोक्नु पर्यो ।

तपाईले लामो समय कांग्रेसमा बिताउनु भयो । २०४६ सालको परिवर्तन पछि २०४८ मा काँग्रेसले जुन सरकार बनायो,त्यती वेला उसले यस्ता नीति किन ल्याउन सकेन ?
तीन वर्ष सम्म त राम्रै चलेको थियो । पछि पार्टीमा द्वन्द्व शुरु भयो । तपाईंको सूचनाका लागि भारतमा मनमोहन सिंहले जुन बेश तयार पारेर गएका थिए त्यो भन्दा फरक आर्थिक अवस्था त आएको छैन नि । यहाँ पनि त्यही हो । कांग्रेसले तीन वर्षमा जे जति आधार बनायो त्यो भन्दा नयाँ आधार बनेको छैन । आन्दोलनका समयमा सबैले स्वीकार गरेको विषय हो यो । तीन वर्ष काम भयो । त्यसपछि कांग्रेस आपसमा लड्न थाले । अहिले पनि काँग्रेस सत्तामा हुँदा बाहिर भएका लोकतान्त्रिक शक्ति उसको विरुद्धमा लाग्छन् । तर काँग्रेस सत्ता बाहिर रह्यो भने सबै उसको पछाडि कुद्छन् । किनभने अर्को पार्टी नै छैन । राजासँग अधिकारका लागि सबैभन्दा बढी संघर्ष कसले गर्यो ? कांग्रेसले नै गर्यो ।
टिप्पणी थप्नुहोस्