प्रजातन्त्र सेनानी चुकेको निधन

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, स्व मुक्तिलाल चुकेको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाउनुहुँदै

महामन्त्री कोइरालाद्वारा श्रद्घाञ्जली

नेपाली कांग्रेस भरतपुर चितवनका अग्रज नेताएवं प्रजातन्त्र सेनानी मुक्तिलाल चुकेको ८३ वर्षको उमेरमा निधन भएको छ । परम्परागत रुपमा उहाँको अन्त्येष्ठी शनिवार भएको छ ।

अन्त्येष्ठीमा सहभागीहुँदै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले स्व. चुकेप्रति श्रद्घाञ्जली अर्पण गर्नु भएको छ । उहाँले स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।

महामन्त्री कोइरालाले स्वर्गीय चुकेले राजनीतिका साथै सामाजिक क्षेत्रमा दिनु भएको योगदानको नेपाली कांग्रेसले उच्च मूल्यांकन गरेको र गर्नेे वताउनु भयोे । उहाँले भन्नु भयो–‘स्वर्गीय चुकेले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेकोछ ।’

स्वर्गीय मुक्तिलाल चुके २०४२, २०४६, २०६२—६३ मा भएका ठूला लोकतान्त्रिक आन्दोलनमा सक्रिय रुपले सहभागी हुँदै आउनु भएको थियो । स्व. चुके नेपाली कांग्रेसको पंचायतका किल्ला कब्जागर्ने नीति अन्तर्गत २०४२ सालमा निर्वाचन लडेर भरतपुर नगरपन्चायतको प्रधानपन्चमा निर्वाचित हुनु भएको थियो । उहाँले नेपाली कांग्रेसले संचालन गरेको सत्याग्रहलाई समर्थन गरेकाले पञ्चायत सरकारले वर्खास्त गरेको थियो ।

२०३८ सालतिर स्वर्गीय चुके राष्ट्रिय पन्चायतका सदस्य हुनुहुन्थ्यो । त्यतिबेला उहाँले राजकाज सजाय ऐन अन्तर्गत जेल सजाय भोगेका तर जरिवाना रकम बुझाउन नसकेका नेपाली कांग्रेसका नेता सरोजप्रसाद कोइरालालाई जरिवाना तिरेर जेलमुक्त गराउन राष्ट्रिय पन्चायतकै सदस्यहरुबाट चन्दा संकलन गर्नु भएको थियो । पटक पटक जेल जीवन विताउनु भएका उहाँ विकास प्रेमी र नैतिकवान नेता हुनुहुन्थ्यो । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षतिपुगेको भरतपुर पार्टी सचिवले वताउनुभयो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री