गलबन्दीको कथा सपूतको ब्यथा [भिडियो अन्तरवार्ता]

यी पंक्तिहरु लेखिदा सम्म यू–ट्यूबमा १,७४,१६,७८६ दर्शक तथा स्रोताले प्रकाश सपूतको “गलबन्दी” श्रवण तथा दर्शन गरी सकेका थिए । “बरिष्ठ” संगीतकर्मी शम्भु राईले सपूत माथि आफनो लयको नक्कल गरेको दोष लगाएपछि सपूतका दर्शक र स्रोता झन बढेका छन । यू–ट्यूबको वालमा सपूतका दर्शक र स्रोताहरुले शम्भु राईको ब्यबहारप्रति असन्तुष्टि जनाएका छन । नेपाली संगीतको दुनियाँमा शम्भु राईले निकालेको यो बिबाद निकै दुर्भाग्यपूर्ण रह्यो । राई जस्ता स्थापित भै सकेका “पुराना” कलाकारले सपूत जस्ता नयाँ पींढिका प्रतिनिधि गायक तथा संगीतकर्मीलाई यसरी निरुत्साहित गर्ने हो भने नेपाली संगीतको दुनियाँ धेरै पछाडि पर्नेछ । नातीकाजी, अम्बर गुरुङ्ग, नारायण गोपाल, गोपाल योन्जन, अरुणा लामा जस्ता देशका सांगीतिक हस्तीहरुले सँधै नयाँ पुस्तालाई प्रोत्साहित गरे । सहयोग, स्नेह र शुभेच्छाको निरन्तरता नै नेपाली संगीतको इतिहास हो ।

सपूतको गलबन्दी कर्णप्रिय छ । लोकले अत्यधिक मन पराएको छ । तर शम्भु राईसंगको विवादले अहिले उनको छाति चिरिएको छ । उनी भन्छन, “विवादले मलाई आहत तुल्याएको छ । यसले सिर्जनात्मक क्षमता नै असर पारेकोले नयाँ प्रोजेक्टका बारेमा सोच्न पाएको छैन ।” उनी दुःखी हुनु अस्वाभाविक होइन । उनको समर्थनमा नेपाली समाजको एउटा सर्वाधिक ठूलो हिस्सा एकजूट भएको छ । सपूतले बुझनु पर्छ, यो लडाईंमा उनी एक्लो छैनन । जब सारा देश र समाज उनको पक्षमा आइसकेको छ भने उनले निराश हुनुपर्ने कुनै कारण छैन । शंभु राईहरुले बुझनु पर्दछ, जसरी हावा, पानी र आगो कुनै एकजनाको कमाण्डमा छैनन, त्यसरी नै संगीतका लय, ध्वनि र सुरहरु माथि कुनै एक जनाको स्वामित्व हुँदैन । नादब्रम्ह सबैका लागि बराबर छन ।

गलबन्दी बिबादमा केन्द्रित रहेर प्रकाश सपूतसंग रुपान्तरणका लागि किशोर नेपालले लिएको सबभन्दा पछिल्लो अन्तर्वार्ता :

टिप्पणी थप्नुहोस्