कांग्रेसको स्खलन

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्म आजकै दिन बिहार, भारतको सहर्सामा भएको थियो । कृष्णप्रसाद कोइरालाका कान्छा छोराका रुपमा जन्मिनु भएका गिरिजाले पनि राजनीति पछ्याउनु भयो । उहाँ एक सफल राजनीतिज्ञ हुनुहुन्थ्यो जसले देशमा गणतान्त्रिक शासन ब्यबस्थाको प्रारम्भ गराउन अहम भूमिका खेल्नु भयो ।

आफना काकाको सम्झनागर्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालालाई ‘नेपाली कांग्रेसका आइकन’ बताउनु भयो । ‘उहाँमा निरन्तरता थियो, गतिशीलता थियो र साहस थियो,’ महामन्त्री शशांकले बताउनु भयो, ‘उहाँमा खतरासंग खेल्ने क्षमता थियो ।’

माओवादी बिद्रोहलाई शान्तिको बाटोमा अवतरण गराउन उहाँले आफनो कम्युनिष्ट बिरोधी छवि त्याग्नु भयो, शशांकले भन्नुभयो ।
‘नेपाली कांग्रेस अहिले स्वर्गीय गिरिजाप्रसादको पदचिन्हमा चलेको छैन । सभापति शेरबहादुरजीको नेतृत्वमा कांग्रेस स्खलित भएकोछ’ शशांकको भनाइ थियो ।

टिप्पणी थप्नुहोस्