नेपालमा अन्तर्राष्ट्रिय ‘सगरमाथा संवाद’को तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताएका छन् ।

ग्रीनहाउस ग्यास उत्र्सजनमा नेपालको भूमिका नगण्य भए पनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
वन तथा वातावरण मन्त्रालयको आयोजनामा राजधानीमा आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।

‘नेपालको भू-बनावटका कारण संसारभरका मानिस रुचिपूर्वक प्राकृतिक सुन्दरताको अवलोकन गर्न मात्र होइन अनुसन्धान गर्न पनि यहाँ आउने गरेका छन्’, प्रधानमन्त्री ओलीले भने ।

ओलीले विश्वस्तरमा बढ्दो तापक्रम, ग्लेसियरको तह पातलो हुँदै गएको अवस्था र अस्वभाविक वर्षाका कारण जनजीवनमा गम्भीर र नकारात्मक असर परिरहेको बताए ।

‘जलवायु परिवर्तनकै कारण वालीनाली प्रभावित भएका छन, आवास तथा संरचनाको क्षति भइरहेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यी सबै कारणहरुले अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ ।’

‘हाम्रा सामु जलवायु परिवर्तका असर र चुनौतिहरुको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरहरुलाई सम्बोधन गर्न तयार रहने बाहेका उपाय छैनन्’, ओलीले भने, ‘हाम्रो संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित गरेको छ । यो धाराको पूर्ण कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ ।’

सरकारले हरेक वर्ष प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न ठूलो परिमाणमा स्रोतको व्यवस्था गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले आगामी मार्च महिनामा नेपाल सरकारको आयोजनामा अन्तर्राष्ट्रिय सगरमाथा सम्वादको आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।

‘त्यो अन्तर्राष्ट्रिय मञ्चमा मानव जातिका समकालीन विषय वस्तुउपर गम्भीर विमर्शका लागि विश्वका नेता, वैचारिक नेता र सरोकारवालाहरुको जमघट हुनेछ’ ओलीले भने, आउँदो पहिलो सम्वादको विषय जलवायु परिवर्तन नै हुनेछ ।’

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री