दुवईकी राजकुमारीले देश छाडेको घट्नाले तरंग

एजेन्सी । दुवईका शासक शेख मोहम्मद अल मकतुमको छैठौं पत्नी अर्थात राजकुमारी हाया विन्त अल हुसेन देश छाडेको घट्नाले नयाँ वहस सिर्जना गरिदिएको छ ।

शेख र उनका परिवारका अन्य सदस्यले राजकुमारी हायामाथि अनावश्यक दबाब दिन थालेपछि उनले आफू असुरक्षित महसुस गर्दै विदेश पलायन हुने निधो गरेको स्रोतहरुले जनाएका छन ।

यस घट्नाले दुवई दरबारले महिलाको आत्मसम्मानमा चोट पुर्‍याउने गरेको र उत्पीडनका घट्नाहरु बढ्न थालेको देखाएको छ । संयुक्त अबर इमिरेटसको शाही परिवारमा यसलाई अनौठो घटना भनिएको छ ।

यसअघि शेखकी छोरी लतिफा एक फ्रान्सेली नागरिकको मद्दतमा समुद्री मार्ग हुँदै दुबईबाट भागेकी थिइन । तर यसै वर्ष रहस्यमय तरिकाले उनी दुबई फर्किएकी थिइन । उनले स्वतन्त्र जीवन नभएको बताएकी थिइन ।

हाल हायाले देश छाडेको घट्नापछि भने घोडचढी कम्पनीका अर्वपति समेत रहेका शेख थप विवादमा तानिएका हुन । जानकारहरुका अनुसार लतिफा प्रकरणले शेखको परिवारभित्रै विवाद सिर्जना भइसकेको थियो । किनकी राजकुमारी हायाले लतिफा घटनापछि दरबारमा हुने गरेका उत्पीडनको विरोध गर्न थालेको स्रोत बताउँछ ।

राजकुमारी हाया यतिबेला ज्यान खतरामा परेको त्रास छ र उनी कानुनी लडाइँको तयारीमा रहेको समाचार स्रोतहरुले जनाएका छन् । उनलाई शेखले नजरबन्दमा राखेको मानवअधिकारकर्मीहरुको दावी छ ।

दुबई प्रशासनले भने विदेशमा उनी उत्पीडनको शिकार हुन सक्ने भन्दै हाल सुरक्षित रहेको बताउँदै आएको छ । उनी सेन्ट्रल लण्डनको भवनमा रहेको बुझिन्छ ।

लन्डनमा रहेकी उनलाई स्वदेश फिर्ता गर्न शेखले आग्रह गरे बेलायतका लागि कुटनीतिक तनाव हुनेछ । किनकी बेलायत र संयुक्त अरब इमिरेटसबीच निकट सम्बन्ध छ ।

यता श्रीमान शेखले भने विगोगान्त कविताहरु इन्स्टाग्राममा पोष्ट गरेका छन् । उक्त कविताका कारण उनको परिवारमा खटपट भएको अनुमान गरिएको थियो । ५३ बर्षका शेखका अलग अलग पत्नीबाट ३३ सन्तान छन् । २००४ मा शेख मोहम्मदसँग विवाह गर्दा हायाको उमेर भने ३० वर्षको मात्र थियो ।

घोडचढीमा सोखिन ४५ बर्षीया हाया २००० को ओलिम्पिक खेलमा घोडचढीमा जोर्डनको प्रतिनिधित्व गरिसकेकी छन् । उनका बाबु जोर्डनका राजा हुसेन हुन भने आमा महारानी आलिया अल हुसेन हुन ।

टिप्पणी थप्नुहोस्