साउने सोमबारको रमझम

साउनको पहिलो सोमबार आज देशभरका शिव मन्दिरहरुमा विहानैदेखि भीड लाग्यो । काठमाडौंको पशुपतिनाथलगायतका मन्दिरहरुमा पनि भक्तजनको उस्तै घुइँचो लाग्यो ।

साउन महिनाको सोमबार विशेष गरी महिलाहरु ब्रत बस्ने गर्दछन् । सोमबारलाई भगवान शिवको लोकप्रिय बारको रुपमा समेत लिने गरिन्छ । सोही कारण यो दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ ।

साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा पनि हुने गर्छ । साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख, शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।(तस्विरः रासस)

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री