रुपान्तरण संवाददाता
रुपन्देही । रुपन्देहीको सतगढी खोलामा आएको बाढीले एक घर बगाएको छ ।
बुटवल उप महानगरपालिका वडा नम्बर १२ ढवाहमा रहेको ५० बर्षिय दिपक विश्वकर्माको घर बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
जोखिमका कारण मंगलवार सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको भण्डारीले बताए ।
उनले विश्वकर्माको तिन कोठा भएको ब्लकको दिवाल र टिनको छानो भएको घर बाढीले बगाएको जानकारी दिए ।
टिप्पणी थप्नुहोस्