कार्यकाल बढाएकोमा विरोध अर्थहीन : डा. कोइराला

Dr Koirala

-संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले ‘सभापति शेरवहादुर देउवालाई पार्टी विधानले नै एक बर्ष कार्यकाल बढाउन अनुमति दिएकाले’ सभापतिले अधिकार प्रयोग गरेकोमा विरोध गर्नुको अर्थ नरहेको बताएका छन् ।

‘कार्य समितिमा सभापति देउवाको वहुमत छ । यसमा धेरै विरोध गर्नुको अर्थ छैन्’, डा. कोइरालाको भनाइ थियो ।

आजदेखि शुरु भएको नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठकको सन्दर्भमा रुपान्तरणसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘हाम्रो पार्टी विधानले अध्यक्षीय प्रणालीको अवलम्वन गर्छ । अध्यक्षीय प्रणालीमा सभापतिलाई सचेत गराउने काम मात्रै हुन्छ । हामीले उहाँलाई विभाग गठन गर्न भनेका हौं । रामचन्द्रजीले नाम नदिएको पनि हो । रामचन्द्रजीबाट हामीले उहाँ आफू भन्दा पनि पार्टीलाई बचाउन लाग्नु हुनेछ भन्ने सोचेका हौं । हामी संघीय संरचनामा गइसकेका छौं । अहिलेसम्म पार्टीले संघीयताको खाका तयार गरेको छैन । यो चिन्ताको कुरा हो ।’
आजको कांग्रेस बैठकमा १२ वटा कार्यसूची प्रस्तुत गरिने छन ।

टिप्पणी थप्नुहोस्