नेकपाको स्कुल बिभागमा भुसालको दावी

-संवाददाता

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले अहिलेसम्म पार्टी तथा सरकारमा एकलौटी निर्णय हावी भएको आरोप लगाएका छन् ।

पार्टीलाई पनि सरकारले नै हाँक्न खोजेको उनको आरोप छ । लुम्बिनी प्रेस क्लब भैरहवाले आयोजना गरेको पत्रकार सममेलनमा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ का सांसद समेत रहेका नेता भुषालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार चलाउने र सरकार अनुकुल पार्टी चल्नुपर्छ भन्ने दावी रहेको आरोप लगाए ।

अहिले आएर स्कूल बिभागको बिषयमा पार्टीमै छलफल गरेर यो प्रक्रियाको सुधार भएको उनको भनाई थियो । नेता भुषालले पार्टीका स्कूल बिभागको जिम्मेवारी आफुले पाउने दावे समेत पेस गरे । उनले स्कूल बिभागको दावेदारी नवौं महाधिवेशनदेखि गर्दै आएको बताए ।

‘ढिलो भए पनि पद्धति स्थापित भएको छ, वहस र छलफल भएको छ, राम्रो निर्णयमा पुग्छ, पुग्दैन, त्यो विषय भन्दा पनि प्रक्रियागत हिसाबले कमसेकम छलफल हुने कुरा नै सकारात्मक हो, मलाई स्कूल विभागको जिम्मेवारी दिनुपर्छ भन्दा विगतमा अध्यक्षले स्वंय राख्नुभयो, त्यो राम्रो होइन् ।

पार्टीको सिद्धान्त र विचार बनाउन आफुले बढी मेहेनत गरेको कारण स्वभाविक रुपमा स्कूल विभागको जिम्मेवारी आफुले पाउनुपर्ने उनको भनाइ थियो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री