प्रम ओलीको बुध्दि बंगारो खुस्कियो

  • आरती शर्मा

काठमाडौं । ६७ वर्षिय प्रधानमन्त्री केपी शर्मा ओलीको दाहिने पट्टिको बुद्धि बंगारो शुक्रवार राती खुस्किएको छ । दुखाई बढेकाले उनी शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा एक घण्टा ढिलो उपस्थित भएका छन ।

बाह्र वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रम ओली अहिले नियमित औषधि सेवन गरिरहेका छन । प्रम ओलीले शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा आफू अस्थायी विरामी भएको बताए ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा भवनको शनिवार आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बंगारा खुस्किएको खुलासा गरेका हुन । प्रधानमन्त्री ओलीले भने, ‘हिजो राती दाहिने पट्टिको बुद्धि बंगारो आफै खुस्कियो । बंगारोको जरा रहेनछ । रगत पनि आएन । बंगारो अशक्त भएको रहेछ ।’

शनिवार विहान पनि अस्वस्थ महसुस भएपछि अलिबेरसम्म सुतिरहेको उनले बताए । भवन उद्घाटनका लागि विहान नौबजे निर्धारित समय तोकिएपनि प्रधानमन्त्री ओली सुतेका कारण कार्यक्रम झण्डै एक घण्टा ढिलो शुरु भएको थियो ।

उनले आफू नक्कली विरामी नभएको प्रष्ट्याए । झण्डै पौने घण्टा मन्तव्य व्यक्त गरेका प्रधानमन्त्री ओलीले आफ्नी हजुरआमा १ सय १ वर्षसम्म पनि स्वस्थ्य रहेको चर्चा गरे । उनी आफ्नो ‘मिर्गौला विग्रेको’ र ‘बुद्धि बंगारो खुस्किएको’ मा चिन्तित देखिएका थिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री