हुवावेको नेपाल प्रवेश

  • रुपान्तरण टिप्पणिकार

काठमाडौं । नेपालमा निकै छिटो आफ्नो ब्यापारिक आधार बनाउन सफल चीनियाँ मोवाइल ब्राण्ड हुवावेले नेपाललाई आफ्नो प्राविधिक प्रयोगको क्षेत्र बनाउने भएको नेपालमा निकै छिटो आफ्नो ब्यापारिक आधार बनाउन सफल चीनियाँ मोवाइल ब्राण्ड हुवावेले नेपाललाई आफ्नो प्राविधिक प्रयोगको क्षेत्र बनाउने भएको छ । नेपालमा हुवावेले संचालन गर्न लागेको 5G नेटवर्कले नेपाल र चीनलाई प्राविधिक रुपले नजीक ल्याउनेछ ।

अमेरीकासँग चीनको ब्यापारिक प्रतिद्वन्द्विताको कारक बनेको हुवावेको नेपाल प्रवेश भारतका लागि पनि चिन्ताको विषय हुनसक्दछ ।

राष्ट्रिय सीमा विस्तारका लागि पहिले पहिले विश्वमा ठूला युद्धहरु लडिन्थ्यो । कुनै पनि देशको शक्ति र क्षमताको मापन गर्ने आधार हतियार हुने गर्दथ्यो । आज समय बदलिएको छ । एक्काइसौ शताव्दिमा प्रविधि नै कुनै पनि देशको प्रभुत्व स्थापित गर्ने र समाप्त गर्ने महत्वपूर्ण हतियार हो । अहिले चीन प्रविधि विकासको मामिलामा विश्व कै अग्र पक्तिमा छ । नेपालमा चीनियाँ प्रविधि प्रयोगको पृष्ठभुमि बनी सकेको छ ।

नेपालमा तीन मुख्य टेलिकम कम्पनी नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले हुवावे, जेड टी इ र हंककंगको चाइना सेक्युरिटिज फाइनान्स होल्डिङ कम्पनीका उत्पादनहरु प्रयोग गर्दछन् । नेपालका अर्वपति विनोद चौधरीले नेपालमा रहेको 4G नेटवर्कलाई 5G मा लैजाने संभावनालाई बढाएर अमेरीकी डलर १०० मिलियनको लगानी संझौतामा हस्ताक्षर गरेका छन् ।

प्राविधिको क्षेत्रमा एउटा सानो ‘चीप’ को प्रयोगले पनि संचार उपकरणमार्फत घूसपैठ गर्न सकिन्छ । यस्ता माध्यमको प्रयोगले गुप्तचरी गर्नु प्राविधिक कम्पनीहरुका लागि अप्ठेरो होइन ।

नेपालको संचार क्षेत्र मार्फत हुवावेले चीन–नेपाल बीच स्वास्थ्य सेवाको क्षेत्रमा गतिलो भूमिका खेल्न सक्दछ । यस बाहेक नेपालमा इन्टरनेटको वृहत्तर प्रयोगको ढोका पनि खोल्छ । यसका माधयमले नेपाली सेना, सर्वसाधारण नेपाली र नेपालमा बस्ने विदेशीका क्षमता, कमजोरी र ब्यवसायिक गतिविधिको अनुगमन गर्न सकिन्छ । यसले नेपालको सीमा सुरक्षालाई पनि आफ्नो सेवा दिन सक्नेछ ।

नेपालमा हुवावे 5G को प्रवेशले हुने फाइदामा कुनै शंका छैन । तर, यो सेवाको बदलामा कतै नेपाली सार्वभौमिकता ‘प्राविधिक’ संकटमा त पर्ने छैन? नेपालका लागि मुख्य चिन्ताको विषय यही हो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री