शासकहरु परिवर्तन भएका छन् , शासनको चरित्र परिवर्तन भएको छैन : डा. देबेन्द्रराज पाण्डे [भिडियो अन्तर्वार्ता]

राजनीतिक स्वतन्त्रता, वहुदलीय व्यवस्था, प्रतिस्पर्धात्मक राजनीतिको प्रबध्र्दन र विकासका लागि बेला बेला भएका आन्दोलनहरुको अगुवाई गर्दै आउनु भएका डा देवेन्द्रराज पाण्डे नेपाली नागरिक समाजका अगुवा हुनुहुन्छ ।
उहाँ राजनीतिक आन्दोलनमा लाग्नुहुन्छ तर राजनीतिकर्मी होइन । आन्दोलनमा लाग्नुको उत्प्रेरक तत्व चाहिँ विकास नै हो । विकास गर्दा कस्तो राजनीतिक व्यवस्था, सामाजिक संरचना, सांस्कृतिक मूल्य मान्यता आवश्यक पर्दछ त्यो डा. पाण्डेको चासोेको बिषय हो । उहाँ भन्नु हुन्छ, सामान्य जनताको बुझाइमा राजनीतिक नेतृत्वले कामगर्न सकेन भन्ने छ । उहाँको बिचारमा, अधिकार तथा जीवीकोपार्जनका बिषयलाई लिएर हामी धेरै अघि बढीसक्नु पथ्र्याे । हाम्रो स्रोत साधन र सम्पदाको उपभोग गरेर आफ्नै स्रोत र शक्तिमा आधारित विकासले गति लिने कुरामा हामी पछाडि पर्‍यौं भन्ने कुरा सत्य हो ।
डा. देबेन्द्रराज पाण्डेसंग किशोर नेपालको भिडियो अन्तर्वार्ता :

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री