अक्षय रायमाझीले ‘मिस्टर वर्ल्ड’ मा भाग लिने

-संवाददाता
काठमाडौं । फिलिपिन्सको मनिलामा यही अगष्ट २३ मा आयोजना हुने ‘मिस्टर वल्र्ड २०१९’मा नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने भएका छन् ।

‘मिस्टर नेपाल २०१७’का बिजेता रायमाझी नेपाली कलासंस्कृति सहित उक्त कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित अक्षयको ‘मिस्टर वल्र्ड २०१९’सहभागिता बारे जानकारी गराएको हो ।

बिश्वका एकसय भन्दा बढी राष्ट्रका युवाहरुको सहभागिता रहने प्रतियोगितामा अक्षय नेपालका एक्लो सहभागी हुन् । नेपाली कलासंस्कृतिले भरिएको नाँच प्रस्तुत गर्दै भिजिट नेपाल २०२०को सन्देश समेत बिश्वमा प्रवाह गर्ने कार्यक्रममा अक्षयले बताए ।

‘मैले नेपाल र नेपालको बिषेशत झल्कने एक भिडियो समेत तयार गरेको छु । जुन ‘मिस्टर वल्र्ड’को मन्चमा प्रस्तुत हुनेछ’ अक्षयले भने ‘भिडियोमा आफ्नो समाजसेवा, अन्य काम देखि नेपाल चिनाउने सगरमाथा, गौतमबुद्ध लगायतका बिषयबस्तु अटाएको छ ।’

आफुले बनाएको भिडियोले बिश्वका सहभागीलाई नेपालबारे बुझ्न सजिलो हुने उनले कार्यक्रममा खुलाए ।

अक्षय ‘मिस्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने दोस्रो ब्यक्ति हुन् । यस अगाडी मिस्टर वल्ड २०१६ मा गणेश अग्रवालले सहभागिता जनाएका थिए ।

कार्यक्रममा एक्सपोज नेपालकी सिइयो अर्चना थापाले नयाँ ‘मिष्टर नेपाल २०१९’को आवेदन समेत खुल्ला भएको जानकारी दिइन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री