संवाददाता
काठमाडौं । आइतबार सरकारले झूठो विवरण पेश गरी नागरिकता लिएका ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गर्यो ।
साउन १६ मा बसेको मन्त्रिपरिषद् बैठकले झूठो विवरण पेश गरेर नेपाली नागरिकता लिएका ८ जनाको नागरिकता रद्द गर्ने निर्णयमा राजेन्द्र महतोको पनि नाम थियो ।
नागरिकता रद्द गरिएकामा राजेन्द्र महतोसहित राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो थिए । तर मिडियामा राजेन्द्र महतो को थिए भन्ने स्पष्ट जानकारी थिएन । आम मानिसमा नेता राजेन्द्र महतो नै भन्ने भ्रम पर्यो ।
समाचारमा आएका सोही विषयलाई लिएर राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले ‘आइतबार सरकारले सार्वजनिक गरेको राजेन्द्र महतो को हो ’ भन्ने प्रश्न गर्दै आफ्नो नाम जोडिएकामा आपत्ति जनाए ।
उनले भने, ‘सभामुखज्यू, यसले मेरो मानहानि भयो, कहाँ उपचार गर्न जाऊँ, मलाई कसले उपचार दिन्छ ?’ सरकारले आफ्नो मानहानी गरेको भन्दै सरकारले माफी माग्न माग गरे ।
संवेदशील विषयको निर्णय सार्वजनिक गर्दा पूरा विवरण किन नदिएको भन्दै महतोले सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाए । उनले भने ,‘यदि कृष्णबहादुर महरा महाडकैत भएको र उनलाई आजीवन कारावास सजाय मात्र भनियो भने के हुन्छ ?’
टिप्पणी थप्नुहोस्