संवाददाता
काठमाडौं । नेपालमा सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्दै उच्च मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी संघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम गरेको छ । आइतबार पनि रेकर्ड मुल्य मै अर्थात् ६६ हजार ३ सयमा कारोबार भएको थियो ।
सोमबार तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ हजार पुगेको छ । यो मुल्य सबैभन्दा उच्च रहेको संघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दा त्यसको असर नेपाली बजारमा पनि देखिएको संघले जनाएको छ ।
अमेरिका–इरानबीचको बढ्दो तनाव तथा अमेरिका–चीन व्यापार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको बताइएको छ ।
टिप्पणी थप्नुहोस्