समाजवादी पार्टी नेपालको प्रवक्तामा तिवारीको चर्चा

संवाददाता

काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भई बनेको समाजवादी पार्टी नेपालमा प्रवक्ताको खोजी सुरु भएको छ ।

प्रवक्ताका लागि धेरै नेताहरुले इच्छा देखाएपनि नारायण तिवारी नेतृत्वको रोजाइमा छन् । पत्रकारिताको अनुभव पनि भएका तिवारीलाई अध्यक्ष डा.बाबुराम भट्टराईको रोजाइमा परेका छन् । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव सहमत भएमा तिवारी प्रवक्ता बन्ने पक्कापक्की छ ।

नयाँ शक्ति पार्टी हुँदा केन्द्रीय सदस्य रहेका तिवारी संघीय समाजवादी पार्टीसँगको एकतापछि विज्ञ समितिका सदस्य छन् ।

पार्टी एकीकरण भएको तीन महिना बितिसक्दा पनि प्रवक्ता चयन नहुँदा पार्टीको आधिकारिक धारणा सहज तरिकाले बाहिर नपुगेपछि प्रवक्ताको खोजी भएको हो ।

टिप्पणी थप्नुहोस्