तरकारी तथा फलफूलको विषादी चेकजाँच ऐन छिट्टै

संवाददाता

काठमाडौं । कृषि तथा पशुपक्षी मन्त्री चक्रपाँणी खनालले कृषिको विकासका लागि छिट्टै विषादी चेँकजाँच ऐन ल्याउन लागेको बताए । ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने उनको भनाई थियो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालद्वारा आयोजना गरिएको एशियन कृषि सम्मेलन तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरु ल्याइएको भन्दै अबको १० बर्षमा नेपालको कृषिले फड्को मार्ने दावी गरे ।

मन्त्री खनालले उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको भन्दै युवाहरुलाई नेपालमै फर्काएर काम दिन सक्नुपर्नेमा जोड दिए । मन्त्री खनालले २१ देखि ३५ बर्षका युवाहरुलाई स्वदेशमै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुधार्न नसकिने बताए ।

मन्त्री खनालले मुलुकमा २ लाख ८० हजार जनसंख्या भएको मुलुकमा ३ करोड ७ लाख कित्तामा जग्गा टुक्राटुक्रा भएको भन्दै जमिनको खण्डिकरण पनि कृषि क्षेत्रको समस्या रहेको बताए ।

खनालले मुलुक भित्रने तरकारीहरुको विषादी परीक्षण नरोकिने बताउँदै तत्काल अहिले अन्र्तराष्टि«य स्तरको ल्याब भने संभव नभएको बताए । विषादीको समस्या समाधान गर्न सरकारले विषादी चेंकजाँच ऐन ल्याउन लागेको भन्दै मन्त्री खनालले ऐन आएपछि समस्या समाधान हुने बताए ।

कार्यक्रममा नेपालस्थित भारतीय दुतावासका डीसीएम डा. अजय कुमारले नेपाललाई अर्गानिक उत्पादनको लागि भारत सरकारले सकेको सहयोग गर्नेमा जोड दिए । अहिले विश्व बजारमै अर्गानिक उत्पादनको माग उच्च रहेकाले नेपालले त्यो अवसरबाट फाइदा लिन सक्नुपर्नेमा डा.कुमारले जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व सिंचाईमन्त्री एनपी साउदलगायतले सिंचाई दक्ष, उन्नत जातको विउ विजन, रसायनिक मल, दक्ष जनशक्तिको परिचालनबाट कृषिमा क्रान्ती ल्याउन सक्नेमा जोड दिए ।  वक्ताहरुले मुलुकको ७४ प्रतिशत जनता कृषि पेशमा आवद्ध भएपनि मुलुकलाई पुग्ने उत्पादन गर्न नसक्नु दुखद् भएको भन्दै कृषिलाई व्यवस्थित गर्न ढिला भएको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापती लोकराज अवस्थीले युवाहरुलाई कृषि क्षेत्रमा आकर्षण गर्न सम्बन्धित निकाय गम्भीर हुन जरुरी रहेको बताए । युवा शक्तिलाई कृषिमा भविष्य छ भनेर देखाउन सके विदेश नजाने भन्दै जागरण गर्न जरुरी रहेको अवस्थीले बताए ।

समिटमा नेपाल, भारत, चीन, इण्डोनेसिया, बेलायत, आयरल्याण्ड लगायतका देशहरुबाट १०० जना सहभागिता रहेको छ । साउन २८ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

टिप्पणी थप्नुहोस्