प्रचण्डको सचिबालयले भन्यो : प्रकाशका नाममा विदेशी बैंकमा २१ अर्ब छैन

संवाददाता
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र स्वर्गीय प्रकाश दाहालको नाममा विदेशमा कुनै पनि बैंक खाता नरहेको निजी सचिवालयले एक अपिलमार्फत स्पष्ट पारेको छ ।

प्रकाशका नाममा विदेशी बैंकमा २१ अर्ब रुपैयाँ रहेको समाचार आएपछि अध्यक्ष दाहालको निजी सचिवालयले मंगलबार अपिल नै जारी गरेर समाचार गलत भएको जनाएको छ । निजी सचिवालयले गलत प्रचार गर्नेलाई कारबाही गर्न माग गर्दै बैंक खाता र पैसा देखाउन चुनौती पनि दिएको छ ।

अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको अपिलमा भनिएको छ, ‘कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं ।

परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं ।’

पत्नी सीता दाहालको इच्छा अनुसार केही दिन अघि दुवई भ्रमण सकेर फर्किएका अध्यक्ष दाहालको भ्रमणका बारेमा अनेक टिकाटिप्पणी भएका थिए । कतिपयले कालोधन लुकाउन गएको भनेका थिए भने कतिले भारतीय गुप्तचर ‘रअ’को गोप्य भेटका लागि गएको भन्ने आशंका गरेका थिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री