वित्तिय संस्थाको विकृती नियन्त्रण चाँडै हुन्छ : मन्त्री अर्याल

संवाददाता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वित्तिय संस्थामा मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताएकी छन् ।

स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सव तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

लघुवित्त संस्था र सहकारीको प्रकृती उस्तैउस्तै भएको भन्दै मन्त्री अर्यालले संस्था ठूलो बन्दै जाँदा झन राम्रो हुनुपर्नेमा केही समस्याहरु उत्पन्न हुँदै गएको बताइन । तर त्यसलाई सिस्टमबाटै नियन्त्रण गरिने बताइन ।

आजको धेरै संरचनाहरु निर्माण भइरहेको अवस्थामा हिजो भन्दा कडा खालका नियम बनाएर संस्थाका मान्छेको आचरण सुधार गरिने उनले बताइन ।

उनले भनिन, ‘संस्थालाई पारदर्शी बनाउने र मौलाउदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपछै ।’

सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको भन्दै उनले सहकारीलाई बेलैमा नियन्त्रण नगरिएमा भयानक दुर्घटनाको खतरा रहेको संकेत गरिन् ।

मन्त्री अर्यालले मन्त्रालयले अहिले गरिब पहिचानको काम भइरहेको भन्दै अब गरिब पहिचानमा पनि प्रविधिको प्रयोग गरेर समस्या उत्पन्न नहुनेगरी काम सम्पन्न गरिने बताइन ।

त्यस अवसरमा मानसी लघुवित्त वित्तीय संस्था काभ्रेलाई नगद एक लाख सहित यस वर्षको लघु उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको थियो ।

टिप्पणी थप्नुहोस्