स्वतन्त्रताको उद्दीपक गाइजात्रा

शब्द तथा चित्र : रुचि श्रेष्ठ

देशको सबैभन्दा लोकप्रिय मानिने गाइजात्रा स्वतन्त्रताको उद्दीपक हो । यो जात्रासंग करुण रस मात्रै होइन, हास्य रस र ब्यंग्यको तीखो प्रहार पनि जोडिएकोछ । मल्लकालका तानाशाह राजाहरुले समेत गाइजात्राको दिनलाई स्वतन्त्र अभिब्यक्तिका लागि खुला छाडि दिएका थिए । गाइजात्राका स्वरुपहरु बदलिएका छन । तर, यसको मौलिकता र चरित्र बदलिएको छैन । अहिले गाइजात्रामा समसामयिक समस्यालाई बढी उजागरगर्ने गरिएकोछ । यो पटकको गाइजात्रामा तेस्रो लिंगीहरुले आफना समस्यातर्फ जनताको ध्यान आकर्षितगर्न खोजेका थिए । उनीहरु पत्रकार तथा संचारकर्मीसंग ब्यस्त देखिए ।

सांस्कृतिक बिबिधताको शहर काठमाडौंमा शहरको मुटु मानिने दरबार स्क्वायर गाइजात्राको केन्द्रमा थियो । हिन्दू पुजारी र बौध्द भिक्षु पनि जात्रामा संलग्न थिए । लाखे नृत्य जात्राको मुख्य आकर्षण थियो । गाइजात्राका आकर्षणहरु :

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री