सरकार अधिनायकवादतर्फ उन्मुख : नेता बस्नेत

संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख हुन लागेको आरोप लगाएका छन् । सरकारले मिडिया काउन्सिल विधेयक पनि प्रेसविरोधी ल्याउन लागेको उनको आरोप थियो ।

विश्वबाट लोप हुँदै गएको कम्युनिष्ट नेपालमा दुई तिहाईको सरकार बनाउन सफल भएपछि अधिनायकबादतिर उन्मुख हुन लागेको उनको आरोप थियो ।

उनले कांग्रेसको महाधिवेशन आएको बेलामा सरकारले दुई तिहाईको मतमा ज्यादती गरेको आरोप लगाए । भने,‘हामीले संघीय संविधानलाई स्विकारेका छौं । प्रधानमन्त्रीले सुरक्षा परिषद गठन गरेर प्रशासनलाई आफ्नो नियन्त्रणमा लिन खोज्नुभयो । मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारहरुलाई विभिन्न आरोप लगाएर १० वर्षसम्म जेल सजाय दिन खोजिएको छ ।’

मुलुक संघीय संरचनाअनुसार अघि बढिसकेकोले अब कांग्रेस पनि सोही मर्म र भावानाअनुसार अगाडि बढ्ने उनले विश्वास दिलाए ।

उनले पार्टीको संरचनालाई स्थानीय, प्रदेश र संघ गरी तीनै तहमा संगठनलाई सुदृढिकरण गर्ने प्रस्ट पारे । नेपाली कांग्रेसले देशभर राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको बताए । त्यस्तै उनले आगामी २०७७ फागुनसम्ममा पार्टीको महाधिवेशन गरिसक्ने पनि ठोकुवा गरे । उनले पार्टीले प्रतिपक्षको भूमिका राम्रोसँग निर्वाह गर्न जानेको बताए ।

मुलुकमा यतिवेला आर्थिक अराजकता सुरु भएको उनको टिप्पणी थियो । जनताले चाहेअनुसार निर्णायक भूमिका निर्वाह गर्ने एकमात्रै पार्टी नेपाली कांग्रेस भएको जनाउँदै उनले आगामी निर्वाचनमा विजयी हाँसिल गर्ने विश्वास दिलाए ।

फरक प्रसंगमा उनले भारतीय विदेशमन्त्री एस जय शंकरको नेपाल भ्रमणबारे नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर र प्रगाढ बनाउनुपर्नेमा जोड दिए । नेपालको राष्ट्रिय झण्डाले झुक्न नपर्नेगरि राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने उनको सुझाव छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले बस्नेतले ‘साथी फेर्न सकिने तर छिमेकी’ फेर्न नसकिने बताएका हुन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री