संसदमा सुरु भयो भिडियो कन्फ्रेन्स

संवाददाता

काठमाडौं । नेपालमा संघीय संसदमा पहिलोपटक भिडियो कन्फ्रेन्स सेवा सुरु भएको छ ।

प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखहरुबीच बुधबार पहिलो पटक भिडियो कन्फ्रेन्स भएको हो ।

प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष र ७ वटै प्रदेशसभाका उपसभामुखहरुबीच अनुभव आदान प्रदान र समन्वय गर्ने उद्देश्यले भिडियो कन्फ्रेन्स आयोजना गरिएको हो ।

भिडियो कन्फ्रेन्समा प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले सिंहदरवारस्थित आ–आफ्नै कार्यकक्षबाट सहभागी भएका हुन् ।

प्रदेश नम्बर १ का उपसभामुख सरस्वती पोखरेल विराटनगरबाट, प्रदेश नम्बर २ का उपसभामुख उपमा देव जनकपुरबाट, प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङ हेटौंडाबाट, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा पोखराबाट, प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी थारु बुटवलबाट, कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्ट सुर्खेतबाट र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडाल जोशी धनगढीबाट सहभागी भएका थिए ।

भिडियो कन्फ्रेन्समा उनीहरुले आफ्ना अनुभवहरु साटासाट गर्नुका साथै संसदलाई प्रभावकारी बनाउन उपसभामुखले खेल्नुपर्ने भूमिका र दायित्वबारे पनि छलफल गरेका थिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री