तनावमा बैंक प्रवन्धक

काठमाडौं । आर्थिक उदारिकरणसँगै निजी क्षेत्रका बैंक प्रबन्धकहरुलाई ग्राहकहरु तान्ने, खाता खोलाएर धेरै डिपोजिट गर्ने र ऋण प्रवाह गरि आम्दानी वृद्धि गर्ने चुनौति छ । यी चुनौती माझ कामगर्दा प्रबन्धकहरु तनावमा रहने गरेका छन ।

यही कारण उनीहरु विभिन्न काण्डमा फस्ने गरेका छन । पछिल्लो समय राजधानी बाहिर शाखा संचालन गरिएका बैंकका प्रबन्धकहरु आर्थिक एवं यौन काण्डमा फँसीरहेका छन । केही उदाहरणः

-देब विकास बैंक नारायणपुर दाङ शाखाका प्रबन्धक समीर बुढाथोकी १७ करोड रुपैंया घोटाला गरेको अभियोगमा मंगलवार राति पक्राउ परेका छन । उनको बारेमा जानकारी दिन दाङ प्रहरीले पत्रकार सम्मेलनगर्ने तयारी गरेको छ ।

-सिटिजन्स बैंक लिमिटेड नेपालगन्ज शाखामा नक्कली र कम तौल भएको सुन धितो काण्डमा बैंकका प्रबन्धक विवेक स्वाँर र सहायक प्रबन्धक शंकर जोशीले २५ /२५ लाख धरौटी बुझाइ हालै रिहा भएका छन ।

-घरायसी प्रयोजनका लागि कर्जा प्रक्रिया बुझन आएकी महिलासँग अनुचित प्रस्ताव गर्ने मोरङ, धनपालथान गाउँपालिका स्थित नेपाल बंगलादेश बैंक शाखाका कार्यालय प्रबन्धक अमित बाँस्तोला पक्राउ परेका छन । कर्जाको लोभ देखाएर उनले ती महिलालाई करणी गरेको अभियोग छ ।

-निजी बैंकका म्यानेजर र सो भन्दा माथील्लो तहका बैंकर्स विशेषगरि यौनकाण्डमा फस्ने गरेका छन । १६ वर्षिया किशोरीसंग यौन दुव्र्यवहार गरेको अभियोगमा एनआइसी एसिया बैंकका पोखरा शाखा म्यानेजर सुवास सुवेदीलाई प्रहरीले पक्राउ गरेको थियो । ०७५ चैतको पहिलो साता पक्राउ परेको सुवेदीलाई बैंकले सस्पेन्ड समेत गरेको थियो ।

-२२ चैत ०७५ मा कर्जा माग्न आएकी सेवाग्राहीलाई होटलमा लगेर यौनमा लिप्त रहेको अभियोगमा बंगलादेश बैंकका म्यानेजर बाँस्तोला पक्राउ परेका थिए । ती महिला ४ लाख कर्जा माग गर्न गएकी थिइन ।

टिप्पणी थप्नुहोस्