सुनको मूल्य अहिलेसम्मकै उच्च

संवाददाता

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज(आइतबार) अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको छ ।

छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजार २०० का दरले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० पुगेको छ ।

शुक्रबार तेजाबी सुन प्रतितोला रु ७१ हजारमा कारोवार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ ।

यसअघि प्रतितोला रु ५/१० का दरले वृद्धि हुँदै आएको चाँदीको मूल्यमा आज प्रतितोला रु २० वृद्धि भएको छ ।

स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला रु ८५० पुगेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला रु ८३० मा खरीदबिक्री भएको थियो ।

गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

टिप्पणी थप्नुहोस्