सुगम, तृष्णा र बर्षा राउतले युरोपमा म्युजिकल टुर गर्ने

काठमाडौं । सुन्दर र शान्त बाल कल्याणकारी संस्था (पिस एण्ड ब्यूटीफूल चिल्ड्रेन वेलफेयर) ललितपुरले अनाथ बालबालिकाको सहयोगार्थ युरोपमा नेपाली साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

‘पिस एण्ड युनिटी अ म्युजिकल टुर–२०१९’ नाम दिइएको उक्त साङ्गीतिक कार्यक्रम आगामी असोज २७ देखि कार्तिक ७ गतेसम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा आयोजना हुनेछ ।

कार्यक्रममा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र नायिका वर्षा रावत सहभागी हुने निश्चित भएको छ ।

देशमा रहेका निमुखा तथा असहाय बालबालिकाहरूको आधारभूत आवश्यकता पुरा गरी उनीहरूको शिक्षा दिक्षामा सहयोग गरी भविष्यमा सक्षम नागरिक बनाउन सहयोग पुर्‍याउने उद्देश्यले संस्थाले उक्त कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री