भारतीय कारले ठक्कर दिंदा दुई जनाको मृत्यु

संवाददाता
भैरहवा । भैरहवामा मोटरसाईकललाई भारतीय कारले ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ।

भैरहवाको अञ्चलपुरमा भैरहवाबाट बुटवलतर्फ जादै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाईकललाई सोही दिशामा जादै गरेको युपी १४ सिबि ००८८ नम्बरको भारतीय कारले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाईते भएका ओमसतिया गाउँपालिका–३ बस्ने ५८ बर्षिय प्रेमजित थारु र उनको श्रीमती ५६ वर्षीया बासमती थारुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

ठक्कर दिने भारतीय गाडी र सो का चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

टिप्पणी थप्नुहोस्