संवाददाता
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायकेलाई एभरेस्ट प्रिमियर लिग (इपिएल) को टोली भैरहवा ग्ल्याडीएटर्सले प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।
मंगलबार राति ग्ल्याडीएटर्सले विज्ञप्ती जारी गर्दै दासानायके २०२० सिजनको लागि प्रशिक्षकमा नियुक्तको घोषणा गरेको हो ।
सन् २०११ मा पुबुदु नेपाली टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए । उनको प्रशिक्षकमा नेपालले डिभिजन ४, ३, २ को उपाधि जितेको थियो ।
क्यानको बारम्बार आन्तरिक किचलोको कारण पुवुदुले आफ्नो भविष्य नदेखेपछि सन् २०१५ को प्रशिक्षक पद छाडेर अमेरिका गएका थिए ।
शरद भेसावकर कप्तान रहेको भैरहवा ग्ल्याडीएटर्स २०१७ र २०१८ को दुवै सिजनमा उपविजेता टोली हो ।
टिप्पणी थप्नुहोस्