पीपी फाउण्डेशनद्वारा शिक्षकहरुको सम्मान

काठमाडौं । पी.पी. प्रसाइ फाउण्डेशनले देशका उत्कृष्ट आठजना शिक्षकलाई उत्कृष्ट शिक्षक सम्मान पुरस्कार प्रदान गर्‍यो ।

उक्त अवसरमा एकलाख रुपैयाँको राष्ट्रिय उत्कृष्ट शिक्षक सम्मान पुरस्कार भीमोदय माध्यमिक बिद्यालय चितवनका शिक्षक डा हरिप्रसाद कँडेलले प्राप्त गरे ।

देशका सात प्रदेशका सातजना उत्कृष्ट शिक्षकहरुले जनही पचासहजार रुपैयाँ पुरस्कार पाएका थिए ।

पुरस्कार पाउने शिक्षकहरुमा प्रदेश १ मेचीनगर, झापाका बिश्व थापा, प्रदेश २ बर्दीवास, महोत्तरीका केदारबहादुर कोइराला, प्रदेश ३ वाफल, काठमाडौंका अन्जु लामा, प्रदेश ४ कास्कीका केशवप्रसाद पराजुली, प्रदेश ५ गुल्मीका डोर बिक्रम श्रीश, प्रदेश ६ त्रिपुराकोट, डोल्पाका तुलबहादुर बिष्ट र प्रदेश ७ महेन्द्र नगरका ललितसिंह साउद छन ।

फाउण्डेशनले पर्यटन ब्यबसायी रबीन्द्रराज पाण्डेलाई लाइफटाइम अचिभमेण्ट अवार्ड प्रदान गरेको छ ।

शिक्षकहरुलाई सम्मान र पुरस्कार प्रदानगर्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पी.पी. फाउण्डेशनको पुरस्कारलाई ‘अभियान’ को संज्ञादिदै यस्ता कार्यक्रमले सरकारलाई नीति बनाउन सजिलो हुने बताए ।

देशमा आधारभूत शिक्षा नलिने कोही नहुन भन्ने उद्देश्यका साथ सामुदायिक बिद्यालयको सवलीकरणमा सरकार लागेको पनि उनले बताए ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष शिखर प्रसाइले अतिथिहरुको स्वागत गरेका थिए । स्वर्गीय पी.पी. प्रसाईकों नेपाली पर्यटन ब्यबसायको बिकासमा बिशिष्ट योगदान रहेकोछ ।

टिप्पणी थप्नुहोस्