चितवनका विकट क्षेत्रमा अवैध गाँजा खेती

चितवन । चितवनको राप्ती नगरपालिकाको बिकट पहाडी क्षेत्रहरुमा ब्यापक रुपमा लागु औषध गाँजा खेती भईरहेको छ ।

प्रहरी प्रशासनको कम पहुँच भएको उक्त स्थानमा अन्य बाली लगाउन छाडेर स्थानीय गाँजा खेतीतर्फ लागेका छन् ।

उक्त नगरपालिकाको वडा नम्बर १२ र १३ का प्रायः सबै घरका मानिसहरु अहिले गाँजा रोप्न व्यस्त छन् । उक्त स्थानमा पुगेर फर्केका पत्रकार रमेश कुमार पौडेलले दिएको जानकारी अनुसार अहिले गाजा लगाउने सिजन भएको र उक्त स्थानका बासिन्दा गाँजा लगाउन ब्यस्त रहेका छन् ।

उक्त क्षेत्रमा बाहिरबाट गएका मानिसहरुले साझेदारीमा गाजा खेती गर्न लगाउने गरेको नाम नबताउने सर्तमा एक जना गाउँलले बताए ।

उक्त स्थानमा ठुलो परिणाममा गाँजा लगाउने काम भई रहेको छ । तर गाजा खेतीको लागि तस्करहरुले जग्गावालालाई गाँजाको बिउ मल उपलब्ध गराउने र उत्पादन भएपछी कबोल गरेको रकम तिरेर गाँजा लाने गरेको उनीहरु बताउँछन् ।

गाजा खेती बढ्दै गएपछी स्थानीय निकायको सहयोगमा गाजा खेती नियन्त्रण गर्ने प्रयास भईरहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए ।

तर प्रहरीले भने बिभिन्न समयमा गएर गाजा खेती नष्ट गर्दै आएको बताए । कानुनले बर्जित गरेको गाजा खेती चितवन र मकवानपुरको बिभिन्न बिकट पहाडी क्षेत्रमा हुँदै आएको छ ।

टिप्पणी थप्नुहोस्