सिभिल बैंकको एन्यूटी डिपोजिट निक्षेप योजना सार्वजनिक

?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

-राधेश्याम विश्वकर्मा

भैरहवा । सिभिल बैंक लिमिटेडले बचत र मुद्दतीको समायोजन हुनेगरी एन्युटी डिपोजिट योजना शुरु गरेको छ ।

सिभिल बैंकको प्रदेशिक कार्यालयले भैरहवामा पत्रका सममेलनको आयोजना गरि योजना बारे जानकारी गराएको छ । कार्यक्रममा बोल्दै बैंकका प्रदेश नम्बर ५ का प्रमुख किरण धमलाले यो योजना नेपालमै पहिलो पटक ल्याइएको दावी गरे ।

उनले भविष्यमा रकमको सहज ब्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी बैंकलाई मासिक किस्ताको रुपमा भुक्तानी गर्नु नै एन्युटि डिपोजिट रहेको बताए । यसरी जम्मा गरिएको रकम बचतकर्ताले ईच्छाइएको अवधि पश्चात ९ दशमलव ७५ प्रतिशत ब्याज सहित एकमुष्ट रुपमा भुक्तानी गरिने छ ।

न्यूनतम मौज्दात १ हजारबाट शुरु गर्न मिल्ने यस योजना अन्र्तगत ब्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्ताले सञ्चालन गर्न मिलाईएको छ ।

बैंकका प्रादेशिक प्रमुख धमलाका अनुसार यो योजनाको ब्याजदर भने योजना अवधि सम्म स्थिर रहने छ । यसलाई ३ देखी ७ बर्ष अवधि सम्मको लागि जति सुकै रकमको किस्ताको रुपमा खोल्न पाइने उनले बताए ।

आवश्यक परे बचत सञ्चालन गरेको ३ महिना पछि यो निक्षेप खाता बन्द गर्न सकिने वा जम्मा भएको रकमको ६० प्रतिशत रकम कर्जा स्वरुप पनि चलाउन पाईने प्रावधान रहेको उनले बताए ।

यो योजनाले न्यून आय भएका देखि उच्च आय भएका सम्मलाई आकर्षित गर्ने बैंकको अपेक्षा रहेको छ । यसले न्यून आय भएको बचतकर्तालाई थोरै थोरै जम्मा गरि भविष्यमा आफ्नो सपना साकार पार्न यस योजनाले सहयोग पुर्‍याउने बैंकको भनाई छ ।

नेपाल भरिमा ९६ वटा शाखाहरु मार्फत सेवा प्रदान गरि रहेको सिभिल बैंकको ६२ वटा एटिएम मेशीन रहेको र ३ लाख २२ हजार सेवाग्राही रहेको धमलाले जानकारी दिए ।

यस्तै देशभरीमा बैंकको कुल निक्षेप ४४ अर्व २० करोड तथा ऋण ४४ अर्व ९२ करोड रहेको उनले बताए । प्रदेश ५ मा बैंकका १३ वटा शाखा रहेको र बिभिन्न ग्रामीण क्षेत्रमा शाखारहित बैंकिङ्ग सेवा तथा एक्सटेन्सन काउण्टर राखेर सेवा प्रवाह गरिदै आएको बैंकले जनाएको छ ।

बैंकले आफ्ना निक्षेपकर्तालाई निशुल्क रुपमा औषधी उपचार बिमा, दुर्घटना बिमा र जिवन बिमा लगायतको सुविधा समेत दिएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री