-राधेश्याम विश्वकर्मा
रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा गोली प्रहार गरी अज्ञात समुहले एक जनाको हत्या गरेको छ ।
मृत्यु हुनेमा ॐसतिया गाउँपालिका– ५ बस्ने अन्दाजी ३७ बर्षीय महेन्द्र कुर्मी रहेका छन् ।
उनीसंग भएको नगद पनि लुटिएको छ ।
भैरहवास्थित हिमालयन बैंकबाट ५ लाख रुपैयाँ निकालेर घरतर्फ जाँदै गरेका उनलाई स्प्लेन्डर मोटरसाइकलमा आएका दुई जनाले सकडको बीचमै गोली हानेका हुन । आक्रमणकारी खोजी भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणी थप्नुहोस्