इन्द्रजात्राको उत्सव र काठमाडौं शहर

इन्द्रजात्रा नेपालको महत्वपूर्ण चाडका रुपमा स्थापित छ । हिजो शनिबारदेखि सुरु भएको इन्द्रजात्रा सात दिनसम्म चल्दछ । यो जात्राका विभिन्न विशेषताहरु छन् । काठमाडौंको समाजलाई एक सुत्रमा बाँध्ने सांस्कृतिक पर्वका रुपमा मनाइँने यो जात्रामा ठूलो आकर्षण रहेको छ । श्वेत भैरव, आकाश भैरव र विभिन्न देव–देवीहरुको पूजा आराधना गरिने यो जात्राले काठमाडौंलाई उत्सवमय बनाइदिन्छ ।

इन्द्रजात्राकै उपलक्ष्यमा श्वेत भैरवको मन्दिरबाट मदिराको धारा वहाइएको हुन्छ । त्यो मदिरा पान गर्न मानिसहरुको घुइँचो लाग्छ । पहिले पहिले महिलाहरुलाई यो मदिरापान गर्न निषेध गरिएको थियो । अहिले उनीहरुका लागि मदिरापानको छुट्टै दिन तोकिएको छ । यो पटक आज(आइतबार) महिलाहरुका लागि मदिरा प्रसाद ग्रहणको दिन परेको छ । यसबर्ष विभिन्न देशका नगर प्रमुखहरुलाई जात्रा अवलोकनका लागि आमन्त्रण दिइएको थियो । इन्द्रजात्रा हेरेर अथितिहरु रमाएका थिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री