सुदिप र कुशिकाले चुमे मोडल हन्टको उपाधि

?????????????

काठमाडौं । पाल्पा रामपुरका २३ बर्षिय सुदिप वस्ती र काठमाडौ कपनकी १८ बर्षीया कुशिका प्रसाईंले ‘बेनिली मोडल हन्ट नेपाल २०१९’को शीर्ष उपाधी चुमेका छन् ।

२९ जना प्रतियोगीलाई पछि पार्दै वस्ती पुरुषतर्फ र २६ प्रतियोगीलाई पछि पार्दै प्रसाई युवतीतर्फको विजेता बनेका हुन् ।

शनिबार होटल सोल्टीको प्रेक्षालयमा साँझ आयोजित अन्तिम स्पर्धामा शिर्ष विजेता बनेका दुबैले चाइनामा हुने सुपर मोडल ग्लोव, लक्जरी ब्राण्ड मोडल अवार्ड, मिस्टर एण्ड मिस मोडल वल्र्डवाइड, मिस्टर वसिन, पन फेसन विक, एसिया लाइस्टाइल विक लगायत अन्तर्राष्ट्रिय फेसन तथा मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न अवसर समेत प्राप्त गरे ।

नेपालकै सर्वाधिक चर्चित र स्तरीय मोडल उत्पादन गर्ने प्रतियोगिताको रुपमा स्थापित मोडल हन्ट नेपालको यो पाँचौ संस्करण हो ।

साजसज्जा सहितको भब्य मन्चमा फेसनमय वातावरण सहित आयोजित प्रतियोगितामा सम्सद शाह, ख्याती शर्मा फस्टरनर अप र अमन शाह, एलिना भुजु सेकेन्ड रनर अप चुनिए ।

यो संस्करणसम्म आउँदा प्रतियोगिताको प्रस्तुतिकरण र आयोजनालाई झनै परिष्कृत र स्तरीय बनाउन आफु सफल भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले खुशी व्यक्त गरे ।

टिप्पणी थप्नुहोस्