कलाकार मोहन राई फुटबल क्लबको अध्यक्षमा चयन

काठमाडौं । हिलेपानी फुटबल क्लबको अध्यक्षमा इलाम रोङ गाउँपालिकाका मोहन राई चयन भएका छन् । संस्थाको पाँचौं साधारणसभाले संस्थापक उपाध्यक्ष राईको अध्यक्षतामा नयाँ नेतृत्व छानेको हो ।

उनी खेलकुदका अतिरिक्त सांगीतिक, सामाजिक आदि क्षेत्रमा सक्रिय छन् । उनका ‘कस्तो सपना’ र ‘मायाको खेल’ गीति एल्बम प्रकाशित छन् ।

उनी आबद्ध यो क्लबले राष्ट्रिय गान सर्जक व्याकुल माइलाको नाममा गोल्डकप आयोजना गर्दै आएको छ । उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष क्रमशः पूर्णसिं राई, शुभकर्ण राई, आइन्द्रधन राई र सदस्यमा राजन दाहाल, देजिना राई र मन्जित राई चुनिएका छन् ।

गोल्डकपको आठौं संस्करणसहित रूपमा स्मृति महिला फुटबल कप असोज २६ गतेदेखि नौ दिन ओखलढुंगामा सञ्चालन हुने क्लबले जनाएको छ ।

राष्ट्रिय गानका सर्जकको नाममा उनकै जन्मथलोमा खेलाइँदै आएको गोल्डकपलाई बृहत् ढंगले अगाडि बढाइने अध्यक्ष राईले बताए ।

टिप्पणी थप्नुहोस्