नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्र डुबानमा

?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

-सिराज खान
नेपालगन्ज । बुधवार विहानैदेखि परेको अविरल बर्षाले गर्दा नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रका सयौं घर र पसल फेरी डुबानमा परेका छन् ।

यसअघि पनि बर्षा हुँदा डुबानमा पर्दै आएका जिल्लाका तीनवटै शहरका घर पसल अहिले सबैभन्दा बढी डुबानमा परेका छन् । विहान करिब ५ बजेदेखि शुरु भएको अविरल बर्षाका कारण नेपालगन्ज सबैभन्दा बढी डुबानमा परेको छ ।

करिब १० घण्टादेखि भैरहेको निरन्तर बर्षाले गर्दा नेपालगन्जको सेतु विक चोक, न्युरोड, गणेशपुर क्षेत्र, बेलासपुर, घरबारी टोल, ईदगाहरोड पछाडीको क्षेत्र, कोरियनपुर, एकलैनी बजार, रानी तलाउ सब्जीमण्डी क्षेत्र पूर्ण रुपमा डुबानमा परेको छ ।

ती क्षेत्रमा पानी जमेर स्थानीयका घर र पसलमा पानी पसेकोले ठुलो क्षति भएको स्थानीयले जनाएका छन् । नगरमा ढल निकासका लागि निर्माण गरिएका अधिकांश ठुला साना नालाहरु फोहोरले थुनिंदा पानीको निकास बन्द भएकोले नेपालगन्ज डुबानमा परेको उनिहरुको गुनासो छ ।

नगरको सेतु विक चोक, घरबारी टोल र न्यूरोडका पचासौ पसलमा पानी पसेर ठुलो क्षति भएको नेपालगन्ज उद्योग बाणिज्य संघले जनाएको छ ।नगरका सयौं पसलहरुमा पानी पसेर ठुलो क्षति पुगेको जनाउँदै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले सोही प्रकारले डुबान क्षेत्रका अधिकांश घरमा पानी पसेर खाद्यान्न र लत्ताकपडा भिजेको बताएका छन् ।

पानीको निकासका लागि तयार पारिएका नालाहरुको सफाई नगरिंदा नाला फोहोरले भरिएकोले निकास बन्द भै नगर डुबानमा परेको स्थानीयको गुनासो रहेको अध्यक्ष वैश्यले बताए ।

सबैभन्दा बढी समस्या घरबारी टोल र सेतु विक चोकदेखि त्रिवेणी मोडसम्मका सर्वसाधारणलाई भएको सो क्षेत्रका बासिन्दाले बताएका छन् ।पटक पटक नाला सफा गर्न आग्रह गरिंदा पनि सुनवाई नभएकोले पानीको निकास बन्द हुँदा यसरी पटक पटक यहाँ डुबान हुने गरेको उनिहरुको भनाई छ ।

पटक पटक ध्यानाकर्षण गराउँदा पनि नालाको सरसफाई नगरिंदा निकास थुनिएर नगरमा पानी भरिएको स्थानीय अगुवा रविन्द्र कर्णले बताए । उनले घरबारी टोल र बागेश्वरी टोलको अवस्था सबैभन्दा बढी दयनीय बनेको जनाए ।

पटक पटक ध्यानाकर्षण गराउँदा पनि नालाको सरसफाई नगरिंदा पानीको निकास थुनिएर नगरमा पानी भरिएको घरबारी टोलका स्थानीय बदरुद्दीन अन्सारीले बताएका छन् । उनले घरबारी टोलको अवस्था सबैभन्दा बढी दयनीय बनेको गुनासो गरे ।

सुर्खेतरोड, ईदगाहरोड, न्यूरोड र अन्य स्थानमा पानीको निकासका लागि बनाईएका ठुला ठुला नालाहरुको सफाई एक पटक पनि नगरिएको स्थानीयको भनाई छ ।

एसियाली विकास बैंकको सहयोगमा नेपालगन्जमा फराकिला र चिल्ला सडकहरु बनाउनुका साथै ढल निकासका लागि नालाहरु निर्माण गरिएपनि ती नालाहरुको सरसफाई नगरिंदा समस्या आएको बताईएको छ ।

यसैगरी कोहलपुरका पनि अधिकांश क्षेत्रमा पानी भरिएर डुबानमा परेको स्थानीयले जनाएका छन् । कोहलपुर ८, ९ र ११ का अधिकांश क्षेत्र डुबानमा परेको नगरपालिकाले जनाएको छ ।

सोही प्रकारले खजुराका पनि धेरै क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ । खजुरा धनौली प्रहरी चौकीका अनुसार खजुराका अधिकांश क्षेत्रमा डुबान भएको छ

टिप्पणी थप्नुहोस्