प्रधानमन्त्री ओलीद्वारा संसद भवनको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास गरेका छन् ।

शहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले बुधबार भवनको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदीय प्रणालीको राजनीति गरे पनि संसद बस्ने ठाउँ नभएकोे स्थिती अब अन्त्य हुने बताएका छन् ।

करिब ५ अर्ब ३० करोड रुपैयाँको लागतमा तीनबर्षमा निर्माण सम्पन्न हुने यो भवनको निर्माण समय र गुणस्तरीयतामा कुनै सम्झौता नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“निर्माणमा कुनै प्रकारको विलम्ब मान्य हुँदैन । समयभित्र काम सक्नुहोस । गुणस्तरमा सम्झौता हुँदैन ।” उनले भने, यस भवनमा नेपाललाई अग्रगतिमा लैजाने ठुला ठुला निर्णयहरु हुनेछन् । यही भवनबाट धेरैवटा सक्षम सरकारहरु बन्नेछन् भन्ने मेरो अपेक्षा छ ।”

सरकार सुशासन र भ्रष्टचार विरोधी अभियानमा सक्रियतापूर्वक लागेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री