प्रहरी बिटको लागि दुई गाउँपालिकाको आग्रह

-राधेश्याम विश्वकर्मा
भैरहवा । रुपन्देहीको रोहिणी खोलाको छेउछाउमा अपराधिक गतिविधि बढदै गए पछि त्यस क्षेत्रमा प्रहरी बिटको माग थालिएको छ ।
रोहिणी गाउँपालिका र ओम सतिया गाउँपालिकाको क्षेत्रमा पर्ने रोहिणी पुलको आसपास प्रहरी बिट स्थापनाका लागी दुवै गाउँपालिकाका अध्यक्षले माग गरेका छन् ।

रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जिल्ला प्रशासन कार्यालयलाई प्रहरी बिट स्थापनाका लागी अनुरोध गरिएको बताए ।
उनले यस क्षेत्रमा पटक पटक बिभिन्न अपराधिक घटना घटेको तथा अहिले हत्या जस्तो जघन्य अपराध समेत हुन थाले पछि सो क्षेत्रमा प्रहरी बिटको आवश्यता रहेको बताए ।

स्थानियहरुबाट पनि पटक पटक सुरक्षा ब्यवस्थाको लागी आफ कहा माग भएकोले जिल्ला प्रशासनलाई प्रहरीको उपस्थिति गराई दिन आग्रह गरिएको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले बताए ।

अहिले रोहिणी पुल आसपास ओमसतियामा प्रहरी चौकी चनुली बगहा र रोहिणी तर्फ ईलाका प्रहरी कार्यालय धकधईको कार्यक्षेत्र रहेको छ । तर यी दुवै प्रहरी कार्यालयहरु दुरीमा रहेको कारण अपराधीलाई अपराध गरि उम्किन सहज हुने गरेको छ ।

इलाका प्रहरी कार्यालयको रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिका र देवदहका केही वडाहरु समेत रहेको छ । कार्यक्षेत्र धेरै ठूलो र जनशक्ति कम रहेको कारण अपराध न्यूनिकरणमा चुनौती रहेको प्रहरीको भनाइ छ ।

टिप्पणी थप्नुहोस्