मेस्सीले जिते उत्कृष्ट वर्ष खेलाडीको अवार्ड

एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाका लियोनल मेस्सीले यस वर्षको बेस्ट फिफा फुटबल अवार्ड जितेका छन् ।

विश्व फुटबल महासंघ (फिफा) ले गएराति इटालीको मिलानमा आयोजना गरेको एक कार्यक्रममा मेस्सीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

अर्जेन्टाईनी खेलाडी मेस्सीले इटालीयन क्लब युभेन्टसका पोर्चुगिज खेलाडी क्रिस्चियानो रोनाल्डो र इंग्लीश क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

मेस्सीले गत सिजन ५८ खेलमा ५४ गोल गरेका थिए । मेस्सीले फिफाको सर्वोत्कृष्ट अवार्ड जितेको यो छैटौं अवसर हो ।

यसअघि उनले सन् २००९, १०, ११, १२ र २०१५ मा उत्कृष्ट अवार्ड जितेका थिए ।

 

टिप्पणी थप्नुहोस्