बामदेव किन पछि हटे ?

-नरेन्द्र विमल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले फेसबुक स्टयाटसमार्फत कास्की २ मा हुने उपनिर्वाचनमा आफू उम्मेवार नहुने घोषणा गरेर एउटा प्रश्नका उत्तर दिएका छन् ।

तर उनले स्ट्याटसमा व्यक्त गरेको अन्य विषयले भने धेरै प्रश्नहरु जम्माएको छ । २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा पराजित भएपछि गौतमले उप निर्वाचनमार्फत संसदमा पुग्नका लागि डेढ दर्जन प्रयास गरेका थिए ।

बाँके, डोल्पा हुँदै काठमाडौ क्षेत्र नम्बर सातमा उप चुनाव गराएर भएपछि संसदमा पुग्ने गौतमले प्रयास गरेका थिए । काठमाडौं सातका सांसद रामवीर मानन्धार गौतमका लागि राजिनामा दिन पनि तयार भएका थिए ।

तर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र सचिवालय सदस्य ईश्वर पोखरेल त्यसका लागि सबैभन्दा ठूलो अवरोध बनेका थिए ।

उनले बर्दिया १ बाट ३२ हजार मतान्तर हुँदा पराजित भएको र कास्कीमा त्यो भन्दा पनि कम मतान्तर रहेकाले आफू पराजित हुने बताएका छन् । संगठन विभागको प्रमुख समेत रहेका गौतमको यो धारणाले नेकपाका लोकप्रियता खस्किएको भनेर घुमाउरो ढंगले स्वीकार गरेको देखिन्छ ।

कास्कीमा तत्कालीन नेकपा एमालेका उम्मेदवार रविन्द्र अधिकारीले चुनाव जित्दा मतान्तर ७ हजारको करिब रहेको थियो । तर अधिकारी सो निर्वाचन क्षेत्रबाट पछिल्लो तीन वटा चुनावमा लगातार विजयी हुँदै आएका थिए । अधिकारीको उत्तराधिकारीको रुपमा कास्की जान लागेका ‘यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया-१ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ ।

उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्‍यो’ गौतमले फेसबुकमा लेखेका छन् ‘त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।’

२०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा आफ्नो पराजयका कारण गौतमले अन्तरघातलाई लगाउँदै आएका छन् । उनको आरोपका सुई तत्कालीन नेकपा एमालेका महासचिव ईश्वर पोखरेल मात्रै नभएर अध्यक्ष केपी शर्मा ओलीतर्फ पनि थियो ।

गौतमले चुनावमा भएको पराजयतको उचित छानविन हुनुपर्ने माग गरेका थिए । शायद गौतमलाई पार्टीभित्र रहेको तीव्र प्रतिस्पर्धा र प्रतिद्वन्द्वीताका शिकार फेरि भइने हो की भन्ने लागेको हुनसक्छ ।

जानकारी का लागी :
मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि..
आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

यसअघि ९२०७४ मा० प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया-१ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।
वामदेव गौतम
४ आश्विन २०७६

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री