उपनिर्वाचनका लागि २१ राजनीतिक दलले पाए चुनाव चिन्ह

काठमाडौं । आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि दलहरुले आफ्नो अभियान सुरु गरेका छन् ।

उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न इच्छुक २१ राजनीतिक दललाई निर्वाचन आयोगले विहीबार चुनाव चिह्न पनि प्रदान गरेको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगका सहायक प्रवक्ता उपसचिव सूर्यप्रसाद गौतमले दर्ता भएका दल र चुनाव चिह्न सार्वजनिक गरेका छन् ।

टिप्पणी थप्नुहोस्