बाँके र बर्दियाबाट पाँच हजार खसीबोका काठमाडौं पठाईंदै

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

-सिराज खान
नेपालगन्ज । दशैंका लागि बाँके र बर्दियाबाट यस पटक पाँच हजार खसीबोका काठमाडौं पठाईंदैछ ।

यसअघिका बर्षहरुमा अधिकांश भारतबाट ल्याइएका खसीबोका मात्रै राजधानी जाने गरेकोमा यस बर्षबाट बाँके र बर्दियाका मात्रै खसीबोका राजधानी पठाईंदैछ ।

भारतबाट खसीबोकाको आयातमा रोक लगाइएपछि यस बर्ष नेपाली किसानले पालेका खसी बोकाले दसैंमा राम्रो बजार र मूल्य दुबै पाइरहेका छन् ।

यसअघिका बर्षहरुमा भारतीय खसीका कारण स्थानीय खसीबोकाको विक्री राम्रोसंग नहुने गरेको जनाउँदै किसानले तर यस पटक भने माग र मूल्य दुबै राम्रो भएको बताएका छन् ।

बाँके र बर्दियका गृहणी महिलाहरुले व्यावसायिक रुपमा शुरु गरेको बाख्रापालनबाट उत्पादन भएका पाँच हजार खसीबोका राजधानी पठाउन थालिएको छ । स्थानीय महिलाले उत्पादन गरेका यति ठुलो संख्याका खसीबोका पहिलो पटक राजधानी पठाउन थालिएको जनाउँदै महिलाहरु निकै उत्साहित छन् ।

यस बर्ष स्थानीयले उत्पादन गरेका खसीबोकाले निकै राम्रो बजार पाइरहेको सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेकी अध्यक्ष गंगा चन्द ठकुरीले बताइन् ।

यसबर्ष पाँच हजार खसीबोका काठमाडौं र अन्य केही शहरमा पठाउने योजना रहेको जनाउँदै अध्यक्ष ठकुरीले माग दिनदिनै बढ्दै गएको बताइन् ।

दसैंलाई लक्षित गरि विभिन्न सहकारीमा आवद्ध महिलाहरुले पाँच हजार खसी–बोका संघीय राजधानी लगायतका ठाउँमा पठाउन लागेको जनाउँदै ठकुरीले पठाउने कार्य शुरु भैसकेको जनाइन् ।

अहिले बजारमा खसीबोका छैनन् भनेर कृतिम अभाव देखाउने र भारतबाट ल्याईएका खसीबोकालाई चर्को मुल्यमा बेच्ने दाउमा केही व्यापारी रहेको जनाउँदै उनले तर, आफुहरुले त्यस्तो गर्न नदिने प्रष्ट पारिन् ।

पाँच सय बढी खसीबोका हरेक समय ढकेरीस्थित खसीबोका बिक्री कक्षमा स्टकमा राखिने गरेको जनाउँदै उनले यस बर्ष राजधानी लगायतका ठाउँमा मात्र पाँच हजार खसी बोका पठाउने बताइन् ।

उद्यमी महिलाले स्थापना गरेका सहकारीमा आवद्ध बाँकेका १५ वटा र बर्दियाका ४ वटा सहकारीका सात हजार बढी सदस्य महिलाले उत्पादन गरेका पाँच हजार खसी–बोका काठमाडौं, पोखरा र एक हजार नेपालगन्ज लगायत वरिपरिका ठाउँमा पठाउन लागिएको जानकारी अध्यक्ष ठकुरीले दिएकी छन् ।

सरकारले व्यावसाय मुखी बाताबरण दिएमा बाँके र बर्दियाका महिलाले उत्पादन गरेका खसी–बोका पठाएर काठमाडौंमा खसी–बोका अभाव हुन नदिने दाबी उनले गरिन् । उद्यमी महिलाले उत्पादन गरेका खसी–बोका स्थानीय महिला उद्यमी सहकारीले खरिद गरेर सहकारी जिल्ला संघमार्फत काठमाडौं लगायतका सहरमा पठाउने गरेका छन् ।

पछिल्लो दिनमा भारतबाट अनाधिकृत रुपमा भित्रिने खसीबोकाका कारण आफुहरुको उत्पादनले बजार नपाउने अवस्था रहेकोमा हाल आएर त्यसमा ठुलो सुधार आएको छ ।

अहिले बाँकेमा जिउँदो खसी प्रति किलो ४५० देखि ५१५ रुपैयाँका दरले खरिद र ५ सयदेखि ५५० रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको अध्यक्ष ठकुरीले बताइन् । भारतबाट खसीबोका आउँदा स्थानीयले जिउँसो खसी ३ सय ५० देखि ४ सय सम्ममा विक्री गर्दै आएका थिए ।

दशैंको लागि लक्षित गरी महिलाहरुको घर–घरबाट संकलन गरिएका खसी बोका संघको विक्री केन्द्र ढकेरीमा स्टकमा राखिएको सहकारी जिल्ला संघ बाँकेले जनाएको छ ।

टिप्पणी थप्नुहोस्