के हो नैतिकता ?

– रुचि श्रेष्ठ
नैतिकताको आधारमा राजीनामा दिनु भनेको के हो ? कुन अवस्थामा नैतिकताको आधारमा राजीनामा दिइन्छ ? ब्यक्तिगत रुपमा कानूनी आरोप नलागे पनि, दोषी नभए पनि ‘पदीय उत्तरदायित्वको बोधका कारण’ घटनाको जिम्मेवारी वहन गर्नुपर्ने अवस्थामा सार्वजनिक पदमा रहेका व्यक्तिले नैतिकताको आधारमा राजीनामा दिने गरेकाछन । साहित्यिक दृष्टिकोणले यस्तो अवस्थालाई शेक्सपियरका नाटकहरुका ‘ट्रयाजिक हिरोइक’ चरित्रसँग तुलना गरिन्छ । समाजमा यस्ता चरित्रहरु नियतले होइन, नियतिले पीडित हुन्छन । यस्ता चरित्र परिस्थितिको मारमा परेका हुन्छन । यसलाई समाजले पनि बुझेको हुन्छ । यस्तो हारलाई समाजले आत्म–सम्मानजनक, तर अव्यक्त हारका रुपमा स्वीकार गरेको हुन्छ ।

अहिलेको परिस्थितिमा पूर्व सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लागेको छ । नेकपाको बैठकपछि पार्टीकै निर्णय बमोजिम महराले राजीनामा दिएका छन । यस्तो अवस्थामा सभामुखको पदबाट महराले दिएको राजीनामा नैतिकताको आधारमा दिएको हुनैसक्दैन ।

एक बर्ष पहिले तत्कालीन कानूनमन्त्री शेर बहादुर तामागंले बंगलादेश पढ्न जाने छात्राहरुको बिषयमा आपत्तिजनक अभिव्यक्ति दिएका कारण नेकपाको निर्णय बमोजिम राजीनामा दिएका थिए । तामागंले पनि आफूले नैतिकताकै आधारमा राजीनामा दिएको भन्ने खबर सार्वजनिक गरेका थिए ।

नैतिकता गुमाएका कारण बिकल्प रहित भएर सभामुख पदबाट राजीनामा दिनुपरेको हो महराले । उनले संसद सदस्यको पदबाट राजीनामा दिएका छैनन । अहिलेको परिवेशमा प्रश्न महराको नैतिकता तर्फमात्र सोझिएको छैन ।

कानूनीरुपमा नेपाल सरकारले महराको केसको छानवीन कसरी निष्पक्ष गराउनेछ ? यो प्रश्न मुख्य हो । सरकारले महरा अनुसन्धानमा राजनीतिक र पार्टीगत दवाव दिएन भने मात्र स्वच्छ न्यायको निरुपण हुनेछ । होइन भने न्यायको नाममा अर्को नौटंकी हुन बेर छैन ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री